साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिश्रमीका चार मट्याङ्ग्रा

Nepal Telecom ad

१.
रित्ता डाला डोकाहरू छन्
समस्याका पोकाहरू छन्
अपच डकार्छन् महलभित्र
तर झोपडीमा भोकाहरू छन् ।

२.
मलाई बेकार अलमलमा फसाउन नखोज
निष्कर्षहिन छलफलमा फसाउन नखोज
प्रसन्न यसै छु पसिनाको कमाइले म
भ्रष्टाचारको दलदलमा फसाउन नखोज ।

३.
अन्धकारमा बत्ती बनी बल्नेहरूको खाँचो छ यहाँ
परोपकारी वृक्ष बनी फल्नेहरूको खाँचो छ यहाँ
निकै दुर्गन्धित छ बाटो भ्रष्टाचारको फोहोरले
सदाचारको विधिबाट चल्नेहरूको खाँचो छ यहाँ ।

४.
बाजा उही तर सुर ताल फरक भो
नदी उही प्रवाहको छाल फरक भो
जनताको पुकार सुन्ने छैन समय नै
जितेपछि नेताजीको चाल फरक भो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा दर्जन ठोक्तक

आधा दर्जन ठोक्तक

डा.घनश्याम परिश्रमी
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x