श्याम सापकोटादेशको गरिमा
सेवकको परिचय
तुहाउने नालायकहरू
जताततै पासा फाल्दैछन्
बाँकी, अछुतो कुनै अड्डै छैन
जुका बनेर पनि चुसेका छन्
गोमन बनेर पनि डसेका छन्
अख्तियारको आँगनमा
रत्यौली खेल्न थालेका छन् ।
देशको इज्जत,
स्वाभिमानी नागरिक
भएर बाँच्नेहरू
यताउता छरिएका छन्
कोहि गुटले बिच्काएका छन्
कोहि वाध्यतामा पिल्सिएका छन्
तैपनि, बिच्काइएका र पिल्सिएकाहरू
फेरि जुरमुराउन थालेका छन्
पन्छाएर ओझेल पार्नेहरू
सपनामैं तर्सन पुगेका छन् ।
झुक्याउन कतिदिन सकिन्छ र ?, छारो हालेर…
लठ्ठयाउन कतिदिन सकिन्छ र ?, चारो छरेर…
धन कमाउन, विदेश जानै पर्दैन
राजनीतिक उद्योग चलाऊनोस्
बन्द हड्ताल गर्नोस्
आश्वासनको बिउ छर्नोस्
बजेट फल्छ, टिप्नोस्
नसके रकमान्तर गर्नोस्
खल्ती खल्तीमा पुग्छ
घडा घडानै भरिन्छ ।
तमासा हेर्न, चटके कुर्नै पर्दैन
बानेश्वर जानोस् कि टिभी हेर्नोस्
घुर्नेहरूलाई राम्ररी चिन्नोस्
खाली कुर्ची नछुटाई गन्नोस्
फलाक्नेहरूको आँखा नियाल्नोस्
मोबाइल खेलाउनेहरूलाई भेट्नोस्
तपाईंको समय त्यसै बित्छ
विश्वासको दियो झ्याप्पै निभ्छ ।
कलङ्की
Subscribe
Login
0 Comments
Oldest






































