साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पानी

Nepal Telecom ad

पानी
मलाई जाँच गर्छ
चिथर्छ
मेरो शरीरमा
पानीको जीवनले टोक्छ
हरेक पल्ट
ऋणको पहाड
खाँवोझैं उभिन्छ
मेरो मझेरीमा
पतझडझैं उडाउँछ
रातो रगत
मेरो घर
यसपालीको हिउँददेखि
मेरो संघारको काप छिचोलेर हिँड्छ
मुटुमा किला गाडेर
पानी
मलाई घुटुक्क निल्छ
चुपचाप सहन्छु
पानी हिँडिरहन्छ
मेरो आँगन उजाड बनाएर
मेरो मृत्युको पर्खाइमा
बसेको छ टोल
पानी रोकिएको छ
समवेदना व्यक्त गर्दै
आस मारेको छैन
पानीसँग
म भिज्न चाहन्छु
ऊ चाहँदैन
समाजका लेउहरू
कसिङगरझैं थुप्रिएका छन्
मानिस रुप भएका
झण्डै झण्डै उस्तै देखिने
मानिसहरू छन्
मानिस भन्न सुहाउँदैन
ऋणको पहाड मौलिएर
आकाश छुन खोज्छ
मलाई दुखाएर
म झुक्न चाहन्न टोल झुक्छ
दलाल समाज सेवी बनिरहेछ
मलाई सह्य हुँदैन
मेरो पाटि उसैले चलाइरहेको दैख्दा
आँसु उम्लिएर पोखिन्छ
ऋणको पहाड उक्लिरहेछु
विजय हासिल गर्न
सकुशल बाँचेर
चिप्लिएको छु
पटक पटक पानीमा
प्रशासक र राजनीतिले
वारुलोझैं टोकिरहँदा
मानव पाइला खोजिरहेछु
टायर पसलेको धम्की सँगै
जुकाझैं मौलाएका दलालहरू
मेरो छातीमा परेड खेलिरहेछन्
यतिवेला म
क्रोधित भएको छु
पानीसँग
पानी, नाप्न उभिएको छ
मेरो टोल सँगै
मेरै दैलोमा
वैचारिक अडानमा हारेको छैन
हार्न चाहन्न
निर्झर भएर बग्छ
मेरो छातीबाट
पानी
बेलाबेलामा किन हराउँछ
दोहोरिएको छ दोहोरिएकै छ
पटकपटक
हराइ रहन्छ
नाघ्दैछन् दलालहरू
मेरो संघार
टोलका घरहरू बास्दैनन्
धेरै होलहरू खोपिएका छन्
मेरो संघारमा छैन
म जीवित भएर होला
पानी टोकीरहन्छ
मन दुखाएर
टोल
मेरो शिर टोक्छ
मलाई हराउन
घिटिक्क बनाउँछन्
थुप्रै विकारहरू
ममाथि हमला गर्छन्
विरामी बनाएर
टोल उठीवास गर्न खोज्छ
म हुन चाहन्न
पानी टोकिरहन्छ निरन्तर

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x