साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छारे लोकतन्त्र

Nepal Telecom ad

–हेलो, हेलो के बोलेको ?

सहिद रे ! कहाँबाट ?
–शहिदलोकबाट ! कुन काण्डको सहिद तपाइँ बोलेको, सातसाले, सत्रसाले, छत्तीससाले कि छियालीस साले काण्डको सहिद बोलेको ?
–कुनै पनि हैन, भरखरै त्रिसठ्ठी साले काण्डको रे ? सहिदलोक पुगिसकेपछि जन्म र मृत्युको निरन्तरताबाट सदाका लागि मुक्ति पाइसकेपछि फेरि पनि लोभ र तृष्णाले बेरिएको मृत्युलोकमा ब्यर्थैमा ध्वनिसम्पर्क गर्नुपरेको होला ! –मुलकमा राजनीतिक घटनाक्रमबरो जानकारी प्राप्त गर्न अति नै खुल्दुली लागेको ध्वनिससम्पर्क गर्नु परेको ? त्रिसठ्ठीसाले परिवर्तनहरू के के देखिए ? सुन्ने सारै इच्छा पलाएको छ रे ! सहिद भइसकेको फुच्चे आत्माले त्यहाँ परमात्मासँग सत्संगत नगरेर बिनसित्तिमा मृत्युलोकका भ्रमप्रति किन मरिहत्ते गर्नुपरेको होला ? त्यसोभए मुटुमा धुकधुकी बोकेका जिउँदा मान्छेबारे व्यर्थैमा किन अर्तीउपदेश बाँड्न परेको होला ! तपाइँहरूले गोली खाइसकेपछि भौतिक दृष्टिकोणले यतातिर कुनै पनि किसिमको परिवर्तन आइसकेको छैन । अहिले मिति समाप्त भइसकेको संसदले लोकतन्त्रको मौखिक घोषणापत्र भट्याएर कतिपय टेबुल र कुर्सी ठट्याएर सांसदहरूले ठूलै उपलब्धि प्राप्त गरिसकेको बठ्याँइ मनग्गे छाँटिसकेक छन् । लोकतन्त्रो घोषणापत्र प्रकाशित भएदेखि यतातिर लोकतन्त्रबारे बोल्दाबोल्दै बेहोसी हुने रोग धनुधानसँग बढेको छ । पहिले जनआन्दोलनको नाउँ सुन्नासाथ थर्कमान हुने राजनीतिक दलहरूअचेल लोकतन्त्रको गणन्त्रीय भाका घन्काउँदै आँखा तन्काउँदै र घाँटी सुकाउँदै भकाभक बेहोस पो हुन थालेका छन् । नेता विक्रेता, लमी, पुच्छरे, समर्थक र रमितेहरू मौका पाउनासाथ लोकतन्त्र मुखबाट उच्चारण गर्नासाथ सडक पेटी, डबली, चौतारी र चौरतिर ठाउँ कुठाउँ जहाँ पायो मुखबाट फिंज काढ्दै रक्स्याहाझैं इन्तु न चिन्तु पो हुन थालेका छन् ।

–ओहो, परिस्थिति त बिकराल पो भइसके छ चिकित्सकहरूलाई देखाएको छ कि छैन ? रोग त निकै गम्भीरजस्तो पो छ । लक्षणहरू पहिल्याउँद रोग खुट्याउन अबेर गर्नु भएन, पछि लोकतन्त्र नै चिलिम हुन बेर लाग्दैन ।
–चिकित्सकहरूलाई देखाउने झन्झट नै गर्नुपर्दैन । चिकित्सकका मानसिक स्तर जाँच्ने, नेतागणको न्वारान गर्ने र त्रिसठ्ठी साल चर्काउने जना जनार्दनको लक्षणहरू ठम्याएर रोगको घोषणा गरिसकेका छन् । रोग सरुवा भन्दा पनि घातक खालको रहेछ । यस्तो रोगलाई चिकित्साशास्त्रको ठम्याइमा छारे लोकतन्त्र भनिंोरहेछ । लेकतन्त्र शब्द मुखबाट निकाल्नासथा, लोकतन्त्रकी सुँडेनी हुँ भन्नासाथ मान्छे आँखा झिम्झिम् गर्नासाथ बेहोस भइहाल्छन् । लोकतन्त्र शब्द उच्चारण गर्दागर्दै मान्छे किन बेहोस हुने गर्छन् केही पनि खुट्याउन सकिंदैन । लोकतन्त्र त यता छुतजस्तो पो हुन थालेको छ । सहिदहरूले यसे बिजोग ल्याउन बिनसित्तिमा किन गोली खानुप¥यो भन्दै तपाइँहरूलाई पनि बेस्सरी सराप्न लागिएको छ । शहिदहरू सुरिदैी जुलुसको अगाडि नलागिदिएको भए लोकतन्त्रको छारे लक्षणहरू यत्तिबेला देख्दै पर्ने थिएन भन्दै थकथकी गरिंदै छ ।
– अरु के –के कुलक्षणहरू लोकतन्त्रले ग्रहण गर्दै छ पत्रकारज्यू झर्को नमानी पारदर्शी पारामा दलीय मानसिकताबाट मािथ उठेर कृपया जसको तस्तै बयान गरिदिनुस् । हाम्लाई यहाँ सारै चिन्ता लागेको छ । तयत्रो वलिदान व्यर्थैमा जान लागेको जस्तो छ । लोकतन्त्रलाई अब हाम्ले होइन तपाइँजस्ता पत्रकारले जोगाएर लक्षित ठाउँमा पुर्याउन सक्छ ।

–चिन्ता र सांसरिक सेरोफेरोबाट सहिद बन्धु, तपाइँहरू माथि उठीसक्नु भएको छ । बिनसित्तिमा तपाइँहरू मृत्युलोकबारे चिन्ता नगर्नुहोस् । यसे प्रवृत्ति असाध्य घातक हुन्छ । तपाइँहरूले प्रेतयोनीमा प्रवेश गर्नुपर्ला ! त्यहाँबाट मुक्ति प्राप्त गर्न जोसुकैलाई हम्मे नै पर्छ । हाम्रो मुलुकमा जसरी पनि लोकतन्त्र अगाडितिर लम्किन्छ लम्किन्छ । लोकतन्त्रको बिंडो थाम्न कोही न कोही अवश्य देखापर्ने छन् । अहिले नै हेर्नुस् न ! थरीथरीका दुर्जनहरू प्रतिस्पर्धाको लाममा ढुक्क भएर उभिदैछन् । लोकतन्त्रको अगुवाइ गरेको विज्ञापन बाँड्दैछन् । यस्ता कुमतीहरूका विरुद्ध न्यायालयसम्म पुगेका मुद्धाहरू फटाफट जितमा परिणत हुँदैछन् । छारे लोकतन्त्रका गृहर दशालाई ठीक बाटोतिर डो¥याउन शुद्धशान्ति गरिंदै छ । वरिष्ट नेतालाई सम्मान दिनुको सट्टा सत्तामा जोताइँदैछ । छारे लोकतन्त्रका कालमा पाताहरूलाई उज्यालोले झकिझकाउ पारेर पोतिदै छ । चन्दाको प्रकोप अचाक्ली बढेको बढ्यै छ । मुलुकले सबै कामकार्वाहीलाई स्थगित गरी परिवेशलाई नेतामय बनाउँदै छ । जताततै नो बजारहरू धमाधम स्थापित हुँदैछन् । नेताहरू थोक, खुद्रा तथा विभिन्न उपहारको रूपमा धमाधम बिक्री बितरण हुँदैछन् । नेताका सबाइँ भट्याउन सकिएन भने नेता उत्पादन कारखाना खोल्न ढीलो गर्नासाथ अस्तित्वमा नै संकटकाल घोषणा हुने छाँटकाँट देखिदैछ । आठ राजनीतिक दलका बैचारिक जडौरी भिर्ने दुस्साहस गर्नासाथ कलापानीतिर सरुवा हुने परिवन्ध मिलाइदै छ ।

–पत्रकार ज्यू, अझै छारे लोकतन्त्रका कुलक्षणहरूका बाँकी बक्यौता धक नमानी सुनाइदिनुस् ! तपाइँको कल्याण नै हुने छाँट देख्दै छु । होइन हौ सहिद ज्यू, तपाइँ विद्यार्थी फाँटको नेता हुनुहुन्थ्यो कि कसो ? हो हो म विद्यार्थी फाँटकै बुढो नेता थिए । त्यसैले त तपाइँको शरीर खरानीमा परिणत भए पनि आत्मा त मानवझैं जसको तस्तै रुमपा तृषित रहेछ । यहाँ तपाइँको शुद्धशान्ति गरें कि गरेनन् ? अतृप्त आत्माले मुक्ति पाउँदैन भनिन्छ । त्यसमािथ नौलखको रकमले बन्धुवान्धव तथा आफ्नै मान्छेलाई पोल्नु स्वाभाविक हो । सहिद नहुनु भएको भए यसपालि सांसदसम्मको टिकट अवश्य नै पाउनु हुन्थ्यो होला । जितको भए पाँचवर्ष सम्म राज्य वा सहायक मन्त्री सम्म पड्काउने मौका अवश्य नै आइपर्दथ्यो होला । अब ब्यर्थैमा पीर नगर्नुहोस् । लोकतन्त्रात्मक गणतन्त्रको कुरै नगर्नुस् यहाँ त नेतागणलाई सामन्तवादको मोहनीले अल्झाइसकेको छ । तपाइँलाई पत्यार लागेन ?

त्यसोभए धेर्य धारण गरेर सुन्ने जमर्को गर्नुस् । कोही पितृनेता महासामनतको पगरी गुँथेर दलको अजम्बरी नेता मै हुँ भन्न थालेका छन् । कोही दुई नम्बरी नेता मेरै भोगचलनको लागि दर्ता हुनुपर्छ भनेर करकर गर्न लागेका छन् । क्षेत्रीय, अंचल, जिल्ला र स्थानीय नेताहरू जिम्मावालको भूमिका निर्वाह गर्न तँछाडमछाड गर्दैछन् । तराईतिर जिम्दारको जडौंरी भिर्न र पटवारी बा गुमस्ताका खान्गी प्राप्त गर्न भोकहड्तालतिर लागेको सम्चार आउँदै छ । राजनीतिक दलहरूमा भुरे र टाकुरेका अपुताली कुम्ल्याउन तथा मानको खातिर बेइमानी पड्काउने चर्तीकला निर्भिक किसिमले बढ्दै छ ।

मञ्चमा भाषण पडकाउँदा राजनीतिक दलमा सामन्तवाद अस्ताउनुको सट्टा झन् झन् माप्पाको हुँदै गएको प्रष्ट भएको छ । वरिष्ट नेताले मौका पाउनासाथ पसिनाले निथ्रुक नभएसम्म कान टट्याउने भाषण पड्काएको पड्काएकै गर्न थालेका छन् ।

राजनीतिक दलहरूमा केन्द्रिय, क्षेत्रीय, अंचल, जिल्ला तथा स्थानीय गतिविधहरू ठप्प भएको जस्तो भान पर्दैछ । यसको सट्टामा नेता, क्रेता बिक्रेता तथा गुमस्ताका क्रियाकलपा उकािसदै गएको प्रष्ट हुँदैछ । नेतागणलाई लोकतन्त्रका सुलक्षणले नभएर छारेतन्त्रका कुलक्षणले ग्रस्त पारेको जस्तो लाग्छ । यतिबेला छारे लोकतन्त्र जतासुकै सगुण र निर्गुण दुबै रूपमा प्रकट भएकोजस्तो लाग्छ । सगुणरूपमा भाषण, दलीय व्याख्याविवेचना र भित्तेलेखनमा अस्तित्व फेला पार्न सकिन्छ भने निर्गुण रूपमा हेर्ने जमर्को गरिएमा दलका राजनीतिक मानसिकतामा नै यसको प्रभाव सजिलै फेला पार्न सकिन्छ ।

–आहो पत्रकारज्यू, लोकतन्त्रलाई त एड्सभन्दा पनि बिकराल रोगले अँठ्याइसकेछ ! अँठ्याइसक्यो सहिदज्यू मुक्त गर्नैै नसकिने गरी अँठ्याइस्क्यो । अब छारेको खटनबाट लोकतन्त्रलाई छटाउन हम्ले नै पर्छ । अब जनतालाई लोकतन्त्र हैन, रोगतन्त्रबाट मुक्ति दिने समय आइसकेको जस्तो पो लाग्छ ।
–छारेका अरु बिगारहरू के के छन् पत्रकारज्यू ? बिन्ती छ संक्षेपमा भए पनि खुलस्त भन्नुस् न !
एउटा दुइटा भए पो बेलिबिस्तार लगाएर सकिन्छ । छारे भनेकै बिगारै बिगारकी जननी हो । उसलाई बिगारबाहेक अरु कोसँग साइनो गाँस्ने उत्सुकता नै छैन । ऊ जहाँ पुग्छ त्यहाँ बिगारको बिस्कुन फिंजाइदिन्छ । लोकतन्त्रसँग रत्तिन थाल्नासाथ यसको दोलोहो काढ्न थालेको छ । जहाँ यो पुग्छ त्यहाँ भर्तीकेन्द्र नै डो¥याउँदै लान्छ । लोकतन्त्रको नाउँमा परिवारवाद, फरियावाद र केही फेला परेन भने आशीर्वादकै यसले हित चिताउने गर्छ । मानवीय बुद्धि, विवेक र ल्याकतसँग यसको कुनै किसिमको साइनो गाँसिने छाँटकाँट देखिंदैन । उसलाई तोकतन्त्रको गतिशील सिद्धान्त अति नै मन पर्छ । लोक लगाउनासाथ क्षमता र विवेकको उठीबास हुनेभएकोले छारेलाई यो कार्य अति नै मनपर्छ ।

भन्नै पर्यो भने क्षमता र चाकरीमाझ गहिरो साइनो गाँसिएको छारेले चाल पाएको छ । क्षमतामा परिश्रमको हाकडाँक चल्छ भने चाकरीमा धुत्र्याइँको रजाइँ बढ्छ । दुबै पाटोलाई छारेले एउटै ठान्छ र कुमतीतिर नै बढी उदार हुन खोज्छ । बुद्धि र धुत्र्याइँ भन्नै प¥यो भने एक सिक्काका दुई पाटा हुन् । दुबैलाई सँगसँगै अगाडि बढाउनु नै छारे लोकतन्त्रको विशेषता मानिन्छ ।
– हलो, हलो केही पनि सुनिंदैन शहिदज्यू, स्वर अलिक तिखार्नु प¥यो ।
पत्रकारकी श्रीमती उसलाई उठाउँदै कराउन थालिनँ –होइन, विहान भए पनि अझै सपना देख्दै हुनुहुन्छ कि कसो ? यी पत्रकारलाई सुत्दा पनि सम्चार नै संकलन गरेको सपना देख्नुपरेको किन होला ?

आँखा खोल्नासाथ उसले आफूलाई आफ्नै कोठाको सेरोफेरामा नै पाउँछ । सबभन्दा पहिले उसको आँखा कोठाका बिजोग स्थितितिर पर्छ । उसलाई आफ्नै इमान्दारीप्रति सारै दिगदारी लाग्न थल्छ । तुरुन्तै उसको ध्यान छारे लोकतन्त्रतिर जान्छ । अस्तिमात्र बेस्सरी कुटाई खाइ खाएर भित्र्याएको लोकतन्त्र छारेबाट ग्रसित भइसक्यो कि कसो भन्दै ऊ शंकउपशंका गर्न थाल्छ । नेतागणको केही भर गर्नु हुँदैन यस्तै स्थिति रहिरह्यो भने लोकतन्त्रमा छारे प्रवेश गर्न बेर लाग्दैन भन्दै ऊ स्नानकक्षतिर प्रवेश गर्छ ।

‘फित्कौली’ अङ्क ९ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x