साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खडेरी

Nepal Telecom ad

आज यो कविता भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली नेताहरूमा समर्पित छ, जसले हाम्रो लागि पुन: यस्तै \’खडेरी\’ उपहार दिन सक्छन् ।

 

यो खेत हो

कि कुनै गरीब आदमीको 
पट्पटी फुटिगएको कुर्कुच्चा ?\’

कि हो कुनै चित्र ?
खेतको थोत्रो कपडामा
खडेरीले ध्यान से बनाएको ?

मेरे दोस्त !
ए तो नदी हो नदी 
जहाँको पानी हिउँदभरी 
पडोसीको खेतमा निमेक गर्न जान्छ 
र बर्सात भएपछि पगला सा बिदामा फर्कन्छ ।
तिमी त्यस्तो ठाउँमा उभिएछौ
जहाँ नदी पनि 
दासहरूझैं बन्धकी पर्छ ।

आऊ अब नजिकै देहात छिरौं
त्यता पनि काकाकुल फाँट
यो नदीझैं वारिस पर्खेर बसिरहेछ । 
दाना नलागेको गहुँको खेतमा 
आग लाग्लाझैं भएकोछ ।
मौसमसँग हारेका मकैका पोथ्राहरू
बाजु लत्राएर घुँटना टेक्दै उभिइरहेछन् ।
मिट्टीमुनी कोई रस नभेटेर
कुपोषणग्रस्त छ गन्नाको झाडी ।

देहातका किसानहरू
सधैझैं बहुत चिन्तित छन् इसबार पनि
देख्नू उनीहरूको आँखमा 
भुखमरीको साया कसरी बेसरम नाचिरहेछ ?

दोस्त !
चरचरी फाटेको यो खेतमा
उनीहरूले सिर्फ देख्छन् आफ्नै चेहरा
र खराब तक्दिर । 
पता छ उनीहरूलाई
यसको जिम्मेवार छन् मुखिया 
उनैले गरिदिएछन् पडोसीसँग
आधा पानी र बिजुलीको झुठा कागज । 
इसकारन हरेक हिउँदमा 
नदी तरेर पारी गै जान्छ हरियाली ।

बहुत तकलिफको बात छ मेरे दोस्त
जब भारी बर्सात हुन्छ
थुनिदिन्छ पडोसीले बाँधको दरबाजा
र बाढ पसेर हाम्रो खलिहान बगाँउँछ ।

मेरे दोस्त !
यो यस्तै गाव हो
जहाँ प्रत्येक हिउँदमा 
खडेरीले किसानहरूको तक्दिर फुटाउँछ
र बर्सातमा बाढले उनीहरूको बास उठाउँछ ।

लेकिन सुनेकोछु-
\’मेरो देहातमा बहुत बढियाँ छ\’
साला मुखियाले 
पापी पडोसीलाई
अभितक यस्तै तार पठाउँछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्दी

सर्दी

भूपिन खड्का
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x