साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहिरो

Nepal Telecom ad

हिजो राति
पहिरो गएछ मेरो गाउँमा ।
डाँडामाथिको गुम्बा बगाएछ
खोला–किनारको मन्दिर बगाएछ
बगाएछ गाउँमाझको मस्जिद ।
बिहान सबेरै
लामा गुरुले स्वार्थको ‘माने’ घुमाइरहेको देखेँ
पण्डित बाजेले छल–कपटको प्रसाद बाँडिरहेको भेटेँ
सुनेँ मौलवीले जातीयताको पर्खाल उभ्याएको ।
सायद
थुप्रै थुप्रै बेथितिलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

हिजो राति
पहिरो गएछ मेरो गाउँमा ।
साना–ठूला घरगोठ बगाएछ
गरिबका मन धान्ने हरिया खेतबारी बगाएछ
बगाएछ असङख्य चौपाया–दोपाया जीवन ।
बिहान सबेरै
रामेको आँगनमा
घर बनाउँदा लागेको ऋण उठाउन
आइपुगेको साहूलाई भेटेँ,
खेतबारीमा सपना रोपेका
किसानका आँखामा आँसु र व्यथा देखेँ ।
घर–आँगनमा
मात्र मृत्यु पल्टेको सुनेँ ।
सायद
थुप्रै थुप्रै बेथितिलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

हिजो राति
पहिरो गएछ मेरो गाउँमा ।
गोदाममा सुतिरहेका अन्नका बोराहरू बगाएछ
खेतमा उभिएको लहलहाउँदो बाली बगाएछ
बगाएछ थुप्रै लत्ता–कपडा ।
तर अझै पनि
अशान्त भोकलाई गाउँलेको पेटमा अल्झेको देख्छु
निर्वस्त्र नाङ्गोपनलाई
टाँस्सिएको भेट्छु पीडितका अङ्गमा ।
साँच्चै
थुप्रै थुप्रै बेथितिलाई
कहाँ बगाउन सक्दो रहेछ पहिरोले !?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x