सुलसुलेछब्बीसौँ श्रृङ्खलामा अनुपम
अनुपम सिर्जना प्रतिष्ठान नेपालको छब्बीसौँ सिर्जना वाचन श्रृंखला श्रावण महिनाको १७ गते शनिबार कलंकीस्थित एड मार्क कलेज परिसरमा सम्पन्न भयो । वरिष्ठ साहित्यकार प्रकाश चापागाईँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो प्रतिष्ठानका उपाध्यक्ष भगवती रोका ‘भूमिका’ले ।
प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी सुरु भएको उक्त कार्यक्रममा नयाँ पुराना दुई दर्जन सर्जकहरूले आफ्ना सिर्जना पस्कनुभएको थियो ।
संस्थाका साहित्य विभाग प्रमुख जगदीश्वर पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेपछि कार्यक्रमले औपचारिक रूप लिएको थियो । कार्यक्रममा भाग्यशाली अधिकारी, राजेश चोच्छे, रामप्रसाद पौडेल, सूर्यवदना पण्डित, सुमित्रा दवाडी, विनुबाबा घिमिरे, भगवती रोका भूमिका, विजयध्वज थापा, हरि खनाल, दुर्गा रिमाल (अधिकारी), जनकराज अधिकारी, डा. जीवन अधिकारी, मणिराज सिंह, रामशरण खड्का, भुवनहरि सिग्देल, शम्पा उपाध्याय, विजय विश्वास, कालीकोटे अनिश, सूर्यकुमार पण्डित, शशी थापा पण्डित, मञ्जुल श्रेष्ठ, पूर्णप्रसाद पन्त, जगदीश्वर पोखरेल, जितु खड्का—लगायतका स्रष्टाहरूले आफ्ना सिर्जनात्मक प्रस्तुति दिनुभएको थियो ।
गद्य, पद्य दुवै शैलीले उत्तिकै स्थान पाएको उक्त कार्यक्रममा कविता, गीत, गजल, मुक्तक, हाइकुजस्ता साहित्यका बहुविध क्षेत्रलाई आत्मसात गरिएको थियो । करिब तीन घण्टासम्म चलेको कार्यक्रममा सहभागी कविहरूले जीवन, प्रेम, समाज, विसंगति र विद्रोह चेतना आदि विषयलाई केन्द्रमा राखेर आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख अतिथि प्रकाश चापागाईँले आफ्नो मन्तव्यका क्रममा अनुपमको सिर्जनात्मक गतिविधिको प्रशंसा गर्दै आफ्नो छन्द्धोबद्ध कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालनमा रहनुभएका संस्थाका सचिव जितु खड्काले पनि आफ्नो कविता सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































