साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केक

Nepal Telecom ad

देशलाई गहुँ जसरी चुटे
त्यसपछि धूलो पिठो पारे
खोलाका खोला रगत आँसु हालेर मुछे
रास्ट्रियताको ट्रेमा राखे
त्यसमा फेरि असहिष्णुता थपे
केहि अराजक स्वादको क्रिमको तह बनाए ।

विग्रहको रंगलाई अझ गाढा पारे
स्वार्थका दुर्गन्ध धेरै नै छर्के
अनि अस्थिरताको आँचमा पकाए ।

त्यसपछि पाक्यो, देश एउटा केक सरह
सजायो त्यसपछि एउटा खुल्ला शो केशमा
साथमा राख्यो एउटा चुपी पनि !

अनि बिज्ञापन गरे …
रास्ट्रिय दैनिकहरूमा
टेलिभिजन च्यानलहरूमा
एफ एम स्टेसनहरूमा ।

केक भाग लाउन
एकलौटी नै चाख्न
तँछाढ मछाड छ ।

के देश केक बनेकै हो त ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x