साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आकाशको बयान गर्छन्…

Nepal Telecom ad

आकाशको बयान गर्छन् मेरा बा’का अगाडि !
धर्तिको महिमा गाउँछन् मेरी आमा अगाडि !

उनीहरूले नै बा आमालाई द्यौता हुन भन्छन्
जस्ले आश्रममा छाडेर आए आँखा अगाडि !

कोही आफ्नै मानकमा विजेता घोषणा गर्दै,
छु सबैमा अग्लो भन्छ सगरमाथा अगाडि !

मलाई माया गर्दैन भन्ने मुद्धा लगाएर,
अश्रु देखाउँछन् मेरै आँखाको रारा अगाडि !

उसैले सपथ खुवायो आज देश भक्तिमा,
जो परदेशका लागि सार्छ पाइला अगाडि !

गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x