साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुसन्धान प्रतिवेदन

Nepal Telecom ad

घटना– वस–दुर्घटना ।
परिणाम– वटुवाको मृत्यु ।

अनुसन्धान–
चक्काको वयान– स्टेरिङले मलाई जुन दिशामा घुमाएर राखेको छ, इन्जिनले त्यही दिशामा गुडाएर लाने हो । म स्वेच्छाले कतै पनि जानै सक्दिन । त्यसैले, मेरो कुनै दोष छैन ।

इन्जिनको वयान– मलाई त, चालकले स्टार्ट गरेपछिमात्र म स्टार्ट भै चक्कालाई गुड्न लगाउने हुँ । चक्का गुड्ने दिशा पनि स्टेरिङले तोक्ने हो, मैले तोक्ने हैन । मेरो कुनै गल्ती छैन ।

स्टेरिङको वयान– चालकले मलाई घुमाएअनुसार नै मैले चक्कालाई विभिन्न दिशामा घुमाउने हो । चालकले मलाई नघुमाउञ्जेल, म चक्काको दिशा निर्धारित गर्नै सक्दिन । त्यसैले, मेरो कुनै दोष छैन ।

चालकको वयान–ः यो गाडीका सबै पूर्जा ‘उचित मरम्मत’–को अभावको कारणले खत्तम छन्, मनपरी गर्छन् । गाडी एकातिर लान खोजेकोमा, खिइएका पार्टपूर्जाका कारणले, अर्कोतिर जान्छ । त्यसै भएको हो, मेरो कुनै गल्ती छैन ।

प्रतिवेदन–
“वयान गर्नेहरूमध्ये, कसैसित पनि अरू कुनै विकल्प देखिएन । वयान गर्नेहरूमध्ये फलानोले चैं यसो नगरी त्यसो गरिदिएको भए दुर्घटना हुनेथिएन भनी ठोकुवा गर्न सकिने अवस्था छैन । अर्कोतिर, मर्नेसित विकल्पै–विकल्प रहेको दखिन्छन्, ऊ घरैबाट ननिस्केको भए वा बाटोमा हिँड्दै नहिँडेको भए वा गाडी देखेपछि बाटो छोड्दै आफै पाखा लागेको भए, यो दुर्घटना हुने नै थिएन र निजको मृत्यु हुने नै थिएन । निजले त्यत्रा विकल्पमध्ये कुनै पनि नअपनाई आफनै गल्ती र लापरवाहीको कारणले दुर्घटनामा परी मरेको देखिन्छ ।”
यसै त भन्लान् नि !

मानिसको बाँच्न पाउने अधिकारप्रतिको सम्वेदनहीनताको आयाममा, अरू के कुराको आश गर्न सकिएला र ?

फेसबुकबाट जस्ताको तस्तै

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x