फित्काैली डटकमअनुसन्धान प्रतिवेदन
घटना– वस–दुर्घटना ।
परिणाम– वटुवाको मृत्यु ।
अनुसन्धान–
चक्काको वयान– स्टेरिङले मलाई जुन दिशामा घुमाएर राखेको छ, इन्जिनले त्यही दिशामा गुडाएर लाने हो । म स्वेच्छाले कतै पनि जानै सक्दिन । त्यसैले, मेरो कुनै दोष छैन ।
इन्जिनको वयान– मलाई त, चालकले स्टार्ट गरेपछिमात्र म स्टार्ट भै चक्कालाई गुड्न लगाउने हुँ । चक्का गुड्ने दिशा पनि स्टेरिङले तोक्ने हो, मैले तोक्ने हैन । मेरो कुनै गल्ती छैन ।
स्टेरिङको वयान– चालकले मलाई घुमाएअनुसार नै मैले चक्कालाई विभिन्न दिशामा घुमाउने हो । चालकले मलाई नघुमाउञ्जेल, म चक्काको दिशा निर्धारित गर्नै सक्दिन । त्यसैले, मेरो कुनै दोष छैन ।
चालकको वयान–ः यो गाडीका सबै पूर्जा ‘उचित मरम्मत’–को अभावको कारणले खत्तम छन्, मनपरी गर्छन् । गाडी एकातिर लान खोजेकोमा, खिइएका पार्टपूर्जाका कारणले, अर्कोतिर जान्छ । त्यसै भएको हो, मेरो कुनै गल्ती छैन ।
प्रतिवेदन–
“वयान गर्नेहरूमध्ये, कसैसित पनि अरू कुनै विकल्प देखिएन । वयान गर्नेहरूमध्ये फलानोले चैं यसो नगरी त्यसो गरिदिएको भए दुर्घटना हुनेथिएन भनी ठोकुवा गर्न सकिने अवस्था छैन । अर्कोतिर, मर्नेसित विकल्पै–विकल्प रहेको दखिन्छन्, ऊ घरैबाट ननिस्केको भए वा बाटोमा हिँड्दै नहिँडेको भए वा गाडी देखेपछि बाटो छोड्दै आफै पाखा लागेको भए, यो दुर्घटना हुने नै थिएन र निजको मृत्यु हुने नै थिएन । निजले त्यत्रा विकल्पमध्ये कुनै पनि नअपनाई आफनै गल्ती र लापरवाहीको कारणले दुर्घटनामा परी मरेको देखिन्छ ।”
यसै त भन्लान् नि !
मानिसको बाँच्न पाउने अधिकारप्रतिको सम्वेदनहीनताको आयाममा, अरू के कुराको आश गर्न सकिएला र ?
फेसबुकबाट जस्ताको तस्तै
Subscribe
Login
0 Comments
Oldest






































