साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्वाइलेटमा गएको पनि……

Nepal Telecom ad

बालाजु शाखामा कार्यरत रहुन्जेल हामी भएका कर्मचारीहरूलाई नगद तर्फको र जनरल तर्फको भनेर छुट्याइन्थ्यो । खजाञ्ची सहित हामी पाँचजना नगद तर्फका अरु जम्मै जनरल तर्फका । त्यस शाखामा सोह्र वर्ष बसुन्जेल त्यहाँका जनरलका साथीहरूले बढी समय काम गरेको भन्दै ओभरटाइम (ओ.टी) पास गरेर नगद लिन हामी कहाँ आउँथे । नगद तर्फका साथीभाइहरूले ओ.टी. भरेर नगद पाएको आजसम्म मलाई थाहा छैन । जनरलका साथीहरू मसँग वढी हिमचिम भएका कारणले कार्यालय समयपछि प्राय मैसँग हुन्थे । हास्यव्यङ्ग्यको गतिविधि अत्यधिक मात्रामा मैले त्यहीवाट शुरु गरेको थिएँ ।

खजाञ्चीलाई आफ्नो जिम्मामा रहेको नगद बुझाइसकेपछि म फुकुवा हुन्थेँ । त्यो दिनको जागीर सकियो । म फुकुवा भएको थाहा पाउने बित्तिकै जनरलका साथीहरू खाजा खान जाउँजाउँ भन्दै अधिपछि गर्दै आउँथे । एकदिन जनरलका साथीले ओ.टी. पास गरेर ल्याएपछि नगद लिन म छेउ आए । शाखाका पूरै साथीभाइहरू मेरो ठट्टा गराइबाट पूरै परिचित थिए । के हो सर भन्दै एकजनाले ठट्टाको भाषामा भने– ओ.टी. को पैसा लिन आएको । मैले भनेँ– चौविसै घण्टा मसँग हुनुहुन्छ, कतिखेर काम गर्नुभो र ओ.टी.का दाम लिन आउनु भो ? साथीले पनि मलाई उडाउँदै भने– जहिले गरे नि गरँे ! तपाईलाई केको टाउको दुखाई ! मैले पनि त्यही मौका छोपेर भनेँ– ओभरटाइम मात्र पाउने भए जनरलका साथीहरूले ट्वाइलेटमा गएपिच्छेको पनि लिँदा हुन् ।

मेरो कुरा त्यहाँ भएका साथीहरूले कतिले बुझे बुझेनन् त्यो आफ्नै ठाउँमा छ । जस्ले बुझे तिनीहरू भित्री मनदेखि खितखिताउन थाले । जो साथी ओ.टी. को नगद लिन आएका थिए उनलाई पनि मेरो कुरा घत लागेछ । दिल खोलेर हाँस्तै नगद लिएर गए ।

सरस्वतीनगर, चावहिल काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
रियलसलको पदवी

रियलसलको पदवी

माणिकरत्न शाक्य
0
Would love your thoughts, please comment.x
()
x