साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली :: तीन थरिका क्याम्पस शिक्षक

Nepal Telecom ad

भौतिकशास्त्रमा नोबल पुरस्कार प्राप्त एकजना विद्वान्ले महाविद्यालयका सभाकक्षमा विद्यार्थीहरूलाई उच्चशिक्षाको यथार्थको बेलिबिस्तार लगाउँदै भने– “महिला र सज्जनवृन्द ! मेरो अनुभवलाई निफन्ने हो भने महाविद्यालय र विश्वविद्यालय तहमा दुई किसिमका शिक्षकहरू सक्रिय हुन्छन्– एकथरी पढाउन, जान्न वा प्रवचन दक्ष हुन्छन्, अर्कोथरी प्रवचनमा सिल्पट तर लेखनमा सक्षम पाइन्छन् । दुबैका आ–आफ्ना विशेषताहरू हुन्छन् ।

प्रवचनकै क्रममा एकजना अमेरिकाली विद्यार्थीले हात उचाल्दै भन्यो– “माफ गर्नुस् महोदय, अर्कोथरी वा तेस्रो थरी पनि शिक्षक पाइन्छन् जुन अल्पसङ्ख्यक मानिन्छन् ।

“कस्तो शिक्षक ?” चारैतिरबाट प्रश्नहरू ओइरिए ।

“पढाउन पनि नजान्ने र लेख्न पनि जान्ने, हाम्रोतिर सुलसुले विभागमा यस्तै शिक्षकको बिगबिगी हुन्छ ।”
एक मिनेट भन्दै एकजना नेपाली विद्यार्थीले हात उचाल्दै थप्यो– “महोदय हाम्रो मुलुकमा नेतृत्वको झोले र राजनीतिक नियुक्तिहरूमा यस्तै सिल्पटहरूको एकाधिकार स्थापित भएको छ ।”

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x