साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाग्नेलाई छुट

Nepal Telecom ad

व्यापक रूपले विस्तार भएका फाइनान्सहरू अब व्यापक रूपले कटौती हुने कुरामा राम्ररी आशावादी हुन सकिन्छ । मानौँ एउटा कन्चनजङ्घा फाइनान्स भागेपछि उसको पछि लाग्ने दोस्रोमा रारा फाइनान्स परेको छ भने माछापुच्छ्रे बहुउद्देश्यीयले तेस्रो स्थान पाउन सफल भएको छ । यस्ता भाग्नमा सफल प्रतिस्पर्धी फाइनान्सहरूलाई राष्ट्रले सम्मान गर्न सक्नु पर्दछ अन्यथा मौजुदा अर्थतन्त्र, जनता र भावी सन्ततीले धिक्कार्ने छन् ।

जनताको गएगुज्रेको जीवनस्तर देखेर सेवा गर्न स्वीकृित दिएका अन्य सहकारीहरू भाग्न नसक्ने फाइनान्सहरू जनताको थोपा थोपा पसिनालाई समेटेर फाइनान्सका सञ्चालक प्रवन्धकहरूले आफ्नो घरको खोपा र खोकिलामा राखेका छन् । यसो गर्नाले जनताको दरिद्रतामा टेवा पुग्ने कुरामा फाइनान्स सञ्चालकहरू पूर्णतया आशावादी छन् ।

नेपाल अधिराज्य भरिका गरिब जनताको थोपा थोपा सङ्गाली रकम अँगालो भरि हालेर टाप कस्नाले सरकारलाई केही फरक पर्दैन, किनकि सरकार भनेको राष्ट्र सञ्चालक हो भने फाइनान्स भनेको जनताको द्रव्य सञ्चालक हो । जनताको जीवनस्तर के गरी, कसरी माथि उठाउने भन्ने कुरा सरकारलाई भन्दा फाइनान्सलाई राम्रो थाहा छ । त्यसैले यो लुटको क्रम आफ्नै गतिमा आफ्नै किसिमले लम्की राखेको छ । यस्तो क्रमिक र श्रमिक क्रियालाई राष्ट्रबैंकले अङ्कुश लगाउन सक्दैन । गोजी पुष्ट भएपछि स्वीकृतकर्ता ज्यादै उदारवादी भएको फल चाहिं अहिले जनताले भोगी राखेका छन् ।

नेपालका जनता ३ प्रकारका छन् ।
१.बाठा जनता २. लाटा जनता ३. सोझा जनता
बाठा जनता जसले उच्च विचार भलादमी तौरतरिकाले फाइनान्स खोले पनि आवश्यक रकम जम्मा भइसकेपछि त्यस्तो व्यापार व्यवसाय गरिराख्नु आवश्यक ठानेनन् । त्यसैले टाप कसे, कहाँ पुगे, कहाँ बसे त्यो पछाडिको कुरा हो । बाठाहरूले खोलेको फाइनान्सबाट बाठै बाठाले ऋण लिए । ऋण प्रवाह गर्ने बाठाहरू भागेपछि ऋण खाने बाठाहरूको हर्षले हड्डी हाँसेको छ । दोस्रो जनता लाटा जनता जुन आफू बाहेक अरू कसैको घर दैलो टेक्दैनन् । यस्ताको धन न त जम्छ नै, न त गुम्छ नै । यस्ताले फाइनान्सलाई पनि पत्याउँदैनन् ।

यो वर्गका मान्छेलाई सबै फाइनान्स भागून या थपिऊन सरोकारै हुँदैन । नाना र खाना भए स्वर्ग नर्क दुवै लोकको भोग यिनले यही पृथ्वीमा गर्छन् ।

तेस्रो जनता जसलाई सोझा सिधा भनेर चिनिन्छ अहिले टाप कसेका फाइनान्सहरू यिनै सोझा सिधा जनतालाई जुटको बोरामा कसेर काँधमा हालेर भागेका छन् । ठग फाइनान्सहरूलाई ठग्न दिन कुन ऐन प्रयोग गरेको थियो सरकारले । अब ठगिएको धन फिर्ता लिन कुन ऐन प्रयोगमा ल्याउँछ र सोझा जनताको धन फिर्ता कसरी ल्याउँछ ? सोझा जनताको धन फिर्ता हुनै पर्छ । अन्यथा स्वीकृतकर्ता घुस्याहालाई घेरेर जनता पैसा असुल्न बाध्य हुनेछ । जिल्ला सहकारीले स्वीकृति दिएको हुनाले ठगिने जनताले सोझै समाएर खसी पार्दा हुन्छ । अन्यथा ठग्न किन दिने ?

त्यसैले सोझा जनता हो जाग अलि बाठो बन्न सिक र भाग्ने खालका फाइनान्सबाट तुरुन्तै रकम झिक । लोभ नगर व्यापारी हौ भने व्यापारमै लगाऊ, लगानी बढाऊ । व्यापारी होइनौ भने आफ्नो पैसा आफैंसँग राख । जमाना लुट्ने र लुटिने बाहेक अर्को छैन । अब जे जसरी भए पनि जुट लुट भाग्नेलाई छुट । जसरी हुन्छ, बुद्धि पुर्याउने गर, तर आफूमाथि पर, पछि नसर गर्न चाहिँ मनपरी गर ।

फुलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x