साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो गाउँ

Nepal Telecom ad

मेरो गाउँ यस्तो छ
राम्रो भन्नु कि नराम्रो
खै कस्तो कस्तो छ !
गाउँमा पनि अब त,
भात, ढिँडो र रोटीको ठाउँमा चाउमिन र पिजा चल्छ ।
फल फूलका बोटहरूमा पनि जुस र जाम भन्दा
वियर ज्यादा फल्छ ।
बाबु नानीहरू पनि आजकल दुध बेचेर दुधिया खान्छन् ।
दिउसो पाठशाला जाँदैनन्, बरु साँझ परेपछि मधुशाला जान्छन्
स्तनपान गराउँदैनन् आजकल गाउँका आमाहरू पनि,
‘फिगर मेन्टेन’ गर्न आफ्ना नानीहरूलाई बोतलको दुध ख्वाउँछन्
र त ठुलो भएपछि उनीहरू पनि बोतल समाउँछन् ।
त्यसैलाई माया गर्छन र त्यसैमा रमाउँछन् ।
समझदारी कस्तो छ भने,
एउटाले रक्सी खाँदा अरुले’नि खान्छन् ।
एउटा तास बोकेर अघि लाग्छ,अरु पछि पछि जान्छन् ।
सामुन्नेमा कसैको कुरा काट्दैनन् ।
र, पिठ्युँ पछाडि कसैलाई’नि छाड्दैनन् ।
मेरा गाउँका मानिसहरू,
धर्ममा विशेष रुचि राख्छन् ।
एकादशीका दिन कुनै काटमार गर्नु हुँदैन भन्ने बुझेका छन्,
त्यसैले अघिल्लै दिन गर्छन् ।
माग्नेलाई लाठो लिएर लखेट्छन् र चामल लगेर मन्दिरमा छर्छन्
विद्यालयको वातावरण बालमैत्री छ,
हप्तामा तिन दिन शिक्षक नजाने,
तिन दिन विद्यार्थी जाने पालो ला’का छन्
जसरी पनि विद्यार्थी पास भा’का छन्,
शिक्षकले तलव खा’का छन् ।
र, त्यस्तै शिक्षकले पुरस्कार पा’का छन् ।
भान्सामा तरकारी डढे पनि,
हिँड्दा बाटामा लडे पनि
फेसबुकको क्रेजमा कुनै कमी आएको छैन ।
कसैलाई हिरो, हिरोईनको नाम सोध्यो भने
तिन पुस्ते बताउन अघि सर्छन् ।
तर उनीहरूकै हजुरबुबाको नाम सोध्यो भने चाहिँ
गुगलमा सर्च गर्छन् ।
यस्ता छन् मेरा गाउँका युवाहरू ।
मेरो गाउँ यस्तो छ,
भन्नुहोस् तपाईंको चैं कस्तो छ ?

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
निःशब्द

निःशब्द

मीनप्रसाद लामिछाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x