साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डुब्छ क्या रे जहाज !

Nepal Telecom ad

घटुवारे लाछी भए डुब्छ क्यारे जाहाज
नदी तर्ने यात्रीहरूको सुक्छ क्या रे आवाज

छिद्र परि भुल्को पानी भित्रै पसिसक्दा
गिज्जिएर नकच्चरा गर्दै पो छन् मसाज

आशा लाग्दो दृष्टि गर्दै यात्री हेर्दै गर्दा
भए आफैं नमक–हराम तिनलाइ के लाज ?

जहाज भित्रै बन्द थियो पुर्खाहरूको नासो
बुट्टा हाली कुँदिएको सड्छ क्या रे दराज

अलिअली गर्दै डुबी झ्वाम्म पाताल पुग्दा
थाहा होला जहाजको कस्तो हुन्छ स्वराज

आफू डुब्ने पिर भन्दा चिन्ता भयो ठुलो
कोही आइ आँगनमा खेल्ने हुन् कि कवाज

जुर्मुराई यात्री आफैं टाल्न सकुन् दुलो
माता ‘दुर्गा’ सिर्जिदेउन यात्रीहरूको औकात ।

२०७१ कात्तिक
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x