साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि

Nepal Telecom ad

कविता लेख्न थालेको बाह्र वर्षपछि कवि ‘धतुरे’लाई आज सम्मान गरियो । एक लाख नगद र सम्मानपत्र बोकेर कवि रत्नपार्कको माइक्रो चढेर गोंगबुतर्फ लाग्दै थियो । बाटोभरि उसले सोच्दै गयो– “आखिर सम्मान त हुने रहेछ समाजमा । सफलताका लागि लगातार लगनशील हुनुपर्ने रहेछ । अब यो एक लाख लगेर श्रीमतीको हातमा थमाई दिन्छु । एकजोर साडी किन्नु भन्छु । आधा तोला जतिको सिक्री किन्नु भन्नु पर्ला । कविको श्रीमती भनेर निकै सम्मान छ उनको समाजमा । अब मैले मनमनै गरेको उनीप्रतिको सम्मान भौतिक रूपले गर्न पाउने भएँ । उनको झुम्का बेचेर कविता सङ्ग्रह निकालेको पनि एक वर्ष भएछ ।”

“रेडन झर्ने आउनुस् त ।”
माइक्रोको सहयोगी भाइको चर्को आवाजले झल्याँस्स भएर कवि आफ्नो गन्तव्यमा आइपुगेको महसुस गर्छ र माइक्रोबाट ओर्लिन्छ ।

बाटोभरि आफ्नी श्रीमतीलाई यो खुसीको खबर कसरी सुनाउने भनेर सोच्दै जान्छ । जसै कवि घरको नजिक– नजिक पुग्छ, छिमेकीहरूको आँखा कविप्रति तेर्सिन लाग्छ । कविलाई लाग्छ– समाचार सुनाई सकेछ कि क्या हो ! सबैले थाहा पाए जस्तो छ ।

जब कवि घर पुग्छ– मूलढोकामा ताल्चा लागेको देख्छ । कवि आएको देखेर छिमेकीले उनको हातमा एउटा चिट्ठी र साँचो थमाउँछ । चिट्ठी खोलेर हेर्दा देख्छ– “पतिदेव ! मैले हजुरको कवितामा रमाएर भोको पेट अघाउन सकिन, न म विवाहित स्वास्नी मान्छेको दर्जामा रहन सकेँ । हजुरले कवितासँग सम्भोग गर्नु भयो र कविताहरू नै जन्माउनु भयो । म बाँझी रहेँ । मैले आफ्नो व्यवस्था आफैंले गरेकी छु । हजुरले अझै नाति पनाति कविताहरू जन्माउनु होला– शुभकामना छ ।”

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
0
Would love your thoughts, please comment.x
()
x