साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खान पनि कति जानेका !!

Nepal Telecom ad

सुन सुन नेताले के गाए
के चैं खाने दाउ लेराए
बोले कि त झ्याप्प कमाए
चुपचाप लागे डम्म पचाए
दाउ कतिकति खानेका,
खान पनि कति जानेका !!

थोत्रो ढाल्दा पनि कमाए
नयाँ बनाउदा फेरि खाए
धर्म हटाउँदा पनि कमाए
धर्मै ल्याउन फेरि खाए
दाउ कतिकति खानेका,
खान पनि कति जानेका !!

राजा ढोग्दा कुस्त कमाए
राजा फ्याँक्दा फेरि खाए
लोकतन्त्र गणतन्त्र गाए
जति जे गाए उति कमाए
दाउ कतिकति खानेका,
खान पनि कति जानेका !!

जङ्गल मासे काटे खाए
जङ्गल रोप्दा पनि कमाए
उद्योग बन्द गरे कमाए
उद्ययोग खोल्दा फेरि खाए
दाउ कतिकति खानेका,
खान पनि कति जानेका !!

संविधान फ्याँक्दा खाए
नयाँ लेख्दा पनि कमाए
सहमति गर्ने भने कमाए
के को गर्थे ? खानु खाए !
दाउ कतिकति खानेका,
खान पनि कति जानेका !

बत्तिसपुतली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x