साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समय–कोलाज

Nepal Telecom ad

आरुका फूलजस्ता नानीहरू
गइरहेछन् जीवनको पाठशाला हिउँमाथि टेकेर
अमिलो पसेको आँपजस्ता किशोरीहरू
तरिरहेछन् जीवनको साउन तुइनमा झुण्डिएर !
भूगोलजस्तो पेट बोकेकी स्वास्नीमान्छे
आइरन चक्की निलेसरह
सजिलै गरिरहेकी छिन् ढिकीजाँतो
बैँसको उकालो चढेर माथि भञ्ज्याङमा
मिर्मिरे जन्माएर विश्राम लिने धोको छ अरे !
साइँलीको सिउँदोमा
रातो रङ्गले लक्ष्मणघेरा कोरिदिएर
रामे माइलो हरियो राहदानी बोकी लम्किरहेछ
भरे ऊ कि भाइरस बोकेर जिउँदो फर्किनेछ
कि पैसाको सट्टा बाकसमा आफू भरिएर आउनेछ !
गल्लीका पहरेदार ल्याम्पपोस्टहरू
निभ्ने रोगले ग्रस्त छन्,
जीवनबाहिनी धाराहरू
सुक्ने रोगले ग्रस्त छन्
मानूँ, तिनीहरू अभिशप्त छन्–
जीवनमा अन्धकार, खडेरी उमार्न !
‘भोटजात्रा’ पछिको खप्परजस्तो उपत्यकामा
ठुल्दाइहरूको कल्याङमल्याङ चलिरहेछ
सुनिरहेछु पाश्र्वध्वनि–
झाडापखाला लागेर कर्णाली
जीवनजलको पर्खाइमा बसेको युगौँ भो,
नूनसँग जिन्दगी साटिरहेका महाकालीबासीलाई
सिंहदरबारभन्दा ‘कालीपार’ नजिक लाग्छ रे !
दाताहरूको एकसरो ‘कृपा’ बेरिएको जस्तो
घुमाउरो सडकबाट
दिनहुँ नागरिकले ‘सिलटिमुर’ खान पाइरहेछन्
हिउँचुलीदेखि बगेका आँसुका मूल रित्तिरहेछन्
दुःखको सगरमाथा आकाशलाई हाँक दिइरहेछ !
ठ्याक्कै
गोधूली पछिको साँझमा देखिएको आकाशजस्तो
समय–कोलाज हेर्दाहेर्दै
म आफैं अपहृत भएको छु
टुँडिखेलजस्तो सार्वजनिक मैदानबाट !

बैतडी, हाल :काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लामबद्ध देश

लामबद्ध देश

राजेन्द्र तारकिणी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x