साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शराप

Nepal Telecom ad

तेरा दाँत झरून् सबै सलसली बोली नमीठो बनोस् 
साराले ननिको भनीकन चिनोस् यो दुष्ट मान्छे भनोस्
तेरा पुत्रहरू बनून् खल सबै पुत्री बनून् दुर्मुख
बन्धू भाइहरू बनून् जहरझैँ यसका भनुन् सर्वदा ।

पश्चाताप रहोस् सधै मनभरी यो के गरेँ के गरेँ
बाँचेरै पनि सार छैन अब हा के बाँच्नु ज्यूँदै मरेँ
लागोस् रोग असाध्य साध्य नहुने हा कष्ट पीडा हओस्
पोलोस् जिऊ सबै मरेँ अब मरेँ भन्ने मुखैमा रहोस् ।

जम्मै सम्पति सिद्धिएर हरिटाट् चर्को बनोस् दुर्दशा
पापीले फल भोग्नुपर्छ सबले भन्ने गरून् आउँदा
चौपाया जति छन् मरून् दिनदिनै गोठै सबै मासियोस्
तेरो सास रहोस् घिटीघिटी भइ बोलीसमेत भासियोस् ।

गालामा सब दाद घाउ खटिरा आँखा नदेख्ने बनून्
बिस्तारै सुनिएर हात दुईटै गोडा नचल्ने बनून्
जस्ले रूनु प¥यो कहालिँदै यथा तैले नि रूनै परोस्
त्यस्तै जो टुहुरा भए अरू हरे ! तैँले नि हुनै परोस् ।

व्ांशानुक्रमले बिगार्छ अति नै सन्तान जम्मै मरून्
जो छन् माथि पदीय उच्च तहमा सर्लक्क भैँमा झरून्
जाली दुष्टहरू भए जति सबै यो देशबाटै सरून्
सेतो स्वच्छ सफा सु–नेतृगणले यो राज्य कब्जा गरून् ।
दियाले ३, ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x