साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठालूहरू चाहन्नन् संविधान

Nepal Telecom ad

लोकलाई पूरा भैसक्यो अब ज्ञान
जनमतको बढ्तै भो अपमान
नेतागणको झन बढ्दो बेइमान
म्याद थपरेर छानिँदा हनुमान ।

जित्ने भका लुब्ध कि थर्कमान ?
हार्नेको पो झन ठूलो अभिमान
अर्गेल्याइँको टाँगेर बडो तान
बनेको छ कुन देशको संविधान ?

दलदलमा चर्कंदो छ तानातान
संयोग हैन गरेकै जानाजान
ओठमा भने सबैको ‘संविधान’
भित्र भने चलखेल र व्यवधान ।

हनुमानले लेख्या रे रामायण
बाल्मीकिको छ अब केको काम ?
मनमा सत्ता, भत्ता र गन्ती धन
बाहिरबाहिर देश, जनता, पहिचान ।

पूरापूर विचारे दिई ध्यान
सोझासाझा सबैलाई भइराछ पूरै ज्ञान
सबले हुनै पर्ने भो सावधान
ठालूहरू चाहन्नन् संविधान ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x