चट्याङ मास्टरहो हो, हा हा हा हा…
हरेक देशका युवाहरू ति देशका भविष्य हुन्छन्,
हुन्छन कि हुँदैनन् ?
हुन्छन् ।
हरेक दिन हाम्रा हजारौँ युवाहरूले देश छोडेर जाँदै छन्,
छन् कि छैनन् ?
छन् ।
ल अब भन्नुहोस्–
हाम्रो देशको भविष्य देशभित्रै छ कि बाहिर छ ?
बाहिर छ ।
हो कि होइन ?
हो ।
देशको भविष्य देश बाहिर भएको अवस्थालाई विदेशमा निर्भर देश भनिन्छ
हो कि होइन ?
हो ।
विदेशमा निर्भर देशलाई के भनिन्छ ? परतन्त्र देश !
हो कि होइन ?
हो ।
परतन्त्र भनेको स्वतन्त्र हो कि होइन ?
होइन ।
अब भन्नुहोस्–
हाम्रो देश स्वतन्त्र छ कि छैन ?
छैन ।
छैन भने के यो पढेर बसिरहेको त ?
जानुहोस्, देशलाइ स्वतन्त्र बनाउन लाग्नुहोस् !
यो हास्यव्यङ्ग्य पढेर हि हि गरिबस्ने बेला हो कि होइन ?
होइन !
लेख्नेले चैं लेखेर बस्ने बेला हो त भनेर अब सोध्न मन लाग्यो होला तपाईंलाई
हो कि होइन ?
हो ।
मैले हास्यव्यङ्ग्य नलेखे तपाईंले त लेखिदिनु हुन्न नि,
हो कि होइन ?
हो ।
आफू पनि नलेख्ने अनि अरुले लेखेको पनि देखिनसहने गर्न हुन्छ कि हुन्न ?
हुन्न ।
हो कि होइन ?
हो ।
अनि के किचकिच गरेको त ?
ल जानोस्, अलि गतिलो काम गरेर बस्नुहोस् है
केही काम नपाए तपाईंले पनि त संविधान लेख्न थाले हुन्छ कि हुन्न !!
हुन्न ।
किन हुन्न ?
भत्ता पनि छैन भट्टी पनि छैन !
हो कि होइन ?
हो हो, हा हा हा हा !!
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































