साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हल्ट !

Nepal Telecom ad

यसरी हावाझैं दगुरेर
यसरी उफ्रेर यसरी पसिना निकालेर
के पाउँछ यो खेलाडी समयले ?
हल्ट !
अब म समयलाई थामिन आदेश दिन्छु ।
बिफल भएको छ
समयसँगको अन्तिम वार्ता ।
समय यसरी नै मनमौजी उडिरहन चाहन्छ
र म बाँदरको सानो बच्चाले
आमाको पुच्छर तानेझैं
रोकिराख्न खोज्छु धावक समयलाई–
अर्को एक सय वर्ष !
हिमालय शृङ्खलादेखि हिन्द महासागरसम्म
गङ्गादेखि इन्दुु नदी उपत्यकासम्म
यसभन्दा पनि टाढा टाढासम्म
म त्रासदीको सतबिज छरिरहन चाहन्छु ।
यसरी रकेटझैं उडेर
कहाँ पुग्छ यो हाउडे समय ?
समयलाई यत्ति पनि थाहा छैन
कि म मुक्तिका नयाँ रसायनहरू बारे
भूमिगत बसेर सोचिरहेछु ।
हल्ट !
म नाकको आकृति अनुसार
राज्यको निर्माणबारे सोच्दै उत्तेजित भइरहेछु
हल्ट !
म छालाको रङ अनुसार
क्रान्तिको भविष्यबारे सोच्दै रोमाञ्चित भैरहेछु
हल्ट !
म जातको दशगजामा उभिएर
नयाँ विश्वको कल्पनाले विरेचित भएको छु
हल्ट !
म धर्मको एक चिलिम कश तानेर
सडकको बिचमा मस्त सुतिरहेछु ।
यो उदार तालीबानी क्षेत्रमा
कसले पढाउने जघन्य अपराध गर्यो
बतुरी मलालालाई ?
को हो त्यो साहिर लुधियानवी
जो ताजमहललाई
गरिबीको मजाक सम्झन्छ ?
कसले नारा लगायो
बन्दुक बेच्ने साहु–अमेरिका बिरुद्ध ?
कसले बिरोध गर्यो
कुकुरसँग बिहे गर्ने मङ्गली मुण्डियाको ?
बुढा आमाबाको ‘तलाइकुथल’ महान मुक्ति हो
आमिर खान किन बढी बकबक गर्छ ?
हजारौं पशुहरूको गर्धन छिनाल्ने
गढीमाई मेला हाम्रो सान हो,
यस बिरुद्ध मानिसहरूको जुलुस किन निस्कन्छ ?
म मनुस्मृतिको आजीवन बिरोधी
मेरो शैलीमा त्यसकै नयाँ सस्करण लेखिरहेछु
म इतिहासको अँध्यारो गल्लीबाट निस्किएर
फोहोर गल्लीतिर हिँडिरहेछु
म विभेदको पर्खाल भत्काउँदा भत्काउँदै
आफैं एउटा पर्खाल भएको छु ।
हल्ट !
बेअर्थ नदीझैं बगिरहन्छ यो चकचके समय ।
आऊ मेरा प्रियजनहरू
मैले प्रयोगशालामा बनाएको आतङ्कको झोल भरेर
एकेक सिरिंज पाखुरामा उनौँ
र यो चिसो हिमालय पर्वतमा
सुतौँ सम्पूर्ण वस्त्र उतारेर ।
कट्टु काटेर झण्डा बनाऔँ
अण्डकोश र मृगौला निकालेर बम बनाऔँ
पेटीकोट च्यातेर पुतला बनाऔँ
आऊ
अब एउटा नग्न युद्धको तयारी गरौँ ।
यो सुनौलो भूगोलमा जुनसुकै बेला
छिर्न सक्छ– दुस्मन समय,
निर्माणको ढोकामा गजबार लगाऔँ ।
सिर्जनाको मधुसमा ताल्चा मारौँ ।
उन्नतिको झ्यालमा चुकुल ठोकौँ ।
समयको जहाज रनवेमा कुदेर
लामो उडान लिन सक्छ कुनै पनि बेला
होसियार बनौँ
र त्यसमा मिसाइल दागौँ ।
सक्छौ भने आऊ
कुनै देवदुत आएको हौवा फिँजाएर
सामूहिक आत्महत्या नै गरौँ ।
हल्ट !
अब म समयलाई थामिन आदेश दिन्छु ।
नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
सर्दी

सर्दी

भूपिन खड्का
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x