साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलोचक

Nepal Telecom ad

अखबारमा खबर छापियो– ‘केन्द्रीय पुस्तकालयमा निरन्तर नौ वर्ष एक अध्येता शोधको सिलसिलामा धाइरहेका छन् ।’ उनी सीमान्तकृत वर्गका व्यक्ति भएको र देशको एक प्रमुख राजनीतिक दलका पूर्व केन्द्रीय नेता भएको विवरण पनि समाचारमा सामेल थियो । उक्त समाचारले राम्रै चर्चा बटुल्यो । प्रतिक्रियामा स्वरहरू घनीभूत भए । भोलिपल्ट अखबारमा पाठकपत्र त्यही समाचारसँग सम्बन्धित आए ।

प्रबुद्ध राजनीतिक चिन्तकले लेखे– नेपालमा पनि अब चिन्तन गर्ने प्रवृतिको सुरुआत ठूलो सङख्यामा हुनेछ ।

नामुद विश्लेषकले प्रतिक्रिया दिए– विश्लेषणको अभावमा मुर्झाएका दलका नेताले उनीबाट पाठ सिक्नुपर्छ ।

प्रसिद्ध प्राध्यापकले विचार पोखे– अर्काको शोधपत्र सार्ने पद्धति मौलाएकै समयमा सच्चा शोधार्थीको यो उच्च नमुना अनुकरणीय छ ।

विश्वविद्यालयका एक बूढा विद्यार्थीले आपूmलाई उनको कार्यबाट हरेस खान नहुने प्रेरणा मिलेको विचार व्यक्त गरे ।

योगगुरु योगानन्दले नौ वर्षसम्म अध्ययनमा निर्लिप्त हुनु योग गर्नु सरह हो भने ।

प्रतिक्रियाका सयौँ आवाजहरूमध्ये एक आवाज यस्तो थियो– नौ–नौ वर्षसम्म केन्द्रीय पुस्तकालयको अध्ययनकक्ष ओगट्ने ती व्यक्तिको व्यक्तिवादी चरित्र आलोच्य छ । सम्बन्धित पक्षले उक्त कक्ष अन्य अध्येताका लागि उपलब्ध गराउन उनलाई त्यहाँबाट तुरुन्त निकाल्नु आवश्यक छ ।

सबैले चिने यो आवाज आलोचकको थियो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
0
Would love your thoughts, please comment.x
()
x