मुकुन्द आचार्य‘चाडवाडे लागु’
एकजना बयोबृद्ध सज्जनलाई झारफुके बाजेकहाँ ल्याइपु¥याए । विरामी त ढुंगो हो कि मुडो हो ! उनका आफन्तहरू उनलाई होशमा ल्याउने उपाय गर्दै थिए । लागु हो कि भनेर झारफुके बाजेकोमा ल्याएका रहेछन् ।
झारफुके बाजेले अछेता लिएर एकछिन ओठ हल्लाए । अछेता चारैतिर छरे । अनि आँखा चिम्लेर ध्यान दृष्टिले हेर्न थाले । धेरैबेर घोरिएपछि उनले भने, यो लागु त लागु नै हो तर अहिले बेग्लै खाले पर्यो ! यो चानचुने लागु हैन । विरामीलाई कहिलेदेखि यस्तो छ ? केही औषधी उपचार गर्नु भो ?
विरामीकी श्रीमतीले लागुको नालीबेली रुञ्चे स्वरमा बखान गर्न थालिन्, चाडवाडहरू सकिनासाथ यस्तो भयो । दशैँ, लक्ष्मीपूजा, तिहार, भाइटिका, छठ सबै सकिएपछि अकस्मात लड्नु भो ? डाक्टरहरु हैरान भैसके । विरामीलाई होशै आउँदैन । अब त हजुरकै आश छ ।
झारफुके बाजेले एकैछिन आँखा चिम्लेर भने, यो चानचुने लागु हैन, चाडवाडे लागु हो ।
सबै जिल्ल परे, चाडवाडे लागु पनि हुन्छ र ?
“किन नहुनु ! घरमूलीलाई नै यस्तो चाडवाडे लागुले छुन्छ । अरुलाई क्यै हुँदैन । चाडवाड आए पछि निकै खर्च हुन्छ । त्यै खर्चको तोडले उहाँ वेहोश हुनु भएको हो । यसैलाई ‘चाडवाडे लागु’ भन्छन् ।” बाजेले संझाए ।
के गर्नु पर्ला त झारफुके बा ? समस्या त ज्यूँ का त्यूँ थियो ।
“अर्थोक क्यै गर्नु पर्दैन । म एउटा मात्र मन्त्र दिन्छु, चौवीस अक्षरको । कुनै शुद्ध बाहुनले त्यो मन्त्र एकहजार आठ पल्ट विरामीले सुन्ने गरी जप्नु पर्छ, उहाँलाई होश आउँछ । लौ लेख्नोस् मन्त्र, चाडवाड सबै गयो । जाने जति गइगयो ! होशमा आउँदा भयो !!!”
नभन्दै भोलिपल्ट सो मन्त्र जप पछि विरामीलाई होश आएछ रे !
बारा, हाल थानकोट काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest








































