साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामीले के पायौँ ?

Nepal Telecom ad

रगत बगायौँ पसिना बगायौँ हामीले के पायौँ ?
बाँझो फोर्यौं खेती लगायौँ हामीले के पायौँ ?

अधकल्चा नाइकेहरूमा भागको निम्ति सधैँ झगडा
क्रान्तिको लागि पुरै सघायौँ हामीले के पायौँ ?

मान्छेहरू भोकै थिए बाँच्ने आशा कतै थिएन
ढुङ्गा पकायौँ फलाम पकायौँ हामीले के पायौँ ?

अहिले त झन् धेरै राजा गन्नै सकिन्न कतिकति
एउटा थियो त्यसलाई भगायौँ हामीले के पायौँ ?

सहिदहरू विलाप गर्छन् ‘हामी मर्नु बेकार भएछ’
देशको लागि जनता जगायौँ हामीले के पायौँ ?
२०७१ मङ्सिर ६
हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x