साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चप्पलको फित्ता

Nepal Telecom ad

चुँडिएको छ
आज
देब्रे चप्पलको फित्ता
हेर्छु–
उस्तै छ तल
मोटो तलुवा
उस्तै छ माथि
फुस्रो खुट्टा
उही हो
हिंड्ने बाटो पनि
माटोको बास्ना उडिरहने
अनि
कानमा छोइएर बग्ने
सिरेटो पनि,
त्यही हो
बदली छाएर
धुम्म परेको आकाश,
तुवाँलोले छोपिएका पहाड र हिमाल
शीतलहरले कठ्याङ्ग्रिएको तराई
सब सब उनै हुन्
फरक छ केवल
आधारबाट
एकातिर फाट्टिएको
मेरो चप्पलको फित्ता
लडफडाइरहेछ
खुट्टामा नअटेर
बाटोमा यता उतास
कतै
च्याट्ट च्याट्ट छोएर पैताला
बज्दैन धून
आउँदैन कुनै आवाज
फिटिक फिटिक
उडाउँदैन एक क्षण मात्र भए पनि
पछ्याउने धुलो
बरु
चिप्लिन खोजेका छन् औँलाहरू
लडखडाउन खोजेको छ
गेगरमा उछिट्टिएर
फुटेको कुर्कुच्चो !

अवसादका आँखाले
फर्की फर्की हेरिरहेछु–
मेरो हिंडाइ नै
अस्तव्यस्त पार्ने
चप्पलको फित्ता चुँडिएको
देब्रेतिरको !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x