साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिखारी

Nepal Telecom ad

भिखारीले सपना पनि भिखै मागेको देख्छ
सपनामा त हिरा मोती सुन चाँदीकै महल देखे के फरक पथ्र्यो ?
तर ऊ सपनामा पनि अर्काको पानी चुहिने छाप्रोमा आफू रुझ्दै बास मागी रहेको हुन्छ !
भिखारीको सपना पनि भिखारी नै हुन्छ ।

भिखारीलाई पद प्रतिष्ठा र सम्मानको के मतलब ?
देशकै मन्त्री प्रधानमन्त्री या ठुलै हाकिम बनाए पनि ऊ भिखनै मागी रहेको हुन्छ
भिखारी ऊ स्वभावैले भिख माग्ने दाउपेच सोच्दै
लाखौँको मोटर र करोडौँको हवाई जहाजमा घुमी रहेको हुन्छ
सिङ्गै देशकै मालिक बनाए पनि भिखारी भिखै मागी रहेको हुन्छ
भिखारीको सपना बिपना सबै सधै भिखारी नै हुन्छ ।

केही नभएर कोही सडकमा बोरा ओछ्याएर भिख माग्छन्
सबै भएर कोही महलको बैठकमा सिद्धान्त छाँटेर भिख माग्छन्
कोही आफ्नो अपाङ्गता प्रदर्शन गरेर भिख माग्छन्
कोही आफ्नो शक्ति प्रदर्शन गरेर भिख माग्छन्
भिखारीहरू जे जस्ता र जहाँ भए पनि भिखै मागी रहेका हुन्छन् ।

ऊ अरबौँ खरबौँको मालिक हो, तर भिखारी हो, मागी रहन्छ
अर्को केही नभएको गरिब हो तर भिखारी होइन, केही न केही अरुलाई दिई रहन्छ
जन्मजात भिखारी भएपछि, अरुले दिएको सम्पत्ति, पद र प्रतिष्ठाले फरक पर्छ ?
भिखारी त सपनामा पनि भिखै मागी रहेको हुन्छ ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x