साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब सभासद चुट्नु पर्योे…

Nepal Telecom ad

तलब खानु त काम नछोड्नु नि
जति भन्यो उति काम त गर्नु नि
फगत हाजिर मात्र बज्यो उता
अब सभासद चुट्नु पर्यो कि ता ।

घरि उतातिर फुर्र विमानमा
घरि यतातिर हात चिहानमा
अघि भन्यो अहिल्यै सब बिर्संदा
अब सभासद चुट्नु पर्योे कि ता ।

कति गरेर मरेर बनाइयो
कति गुराँस र आँप सजाइयो
घन लिएर भने घर यो फुटा
अब सभासद चुट्नु पर्यो कि ता ।

नगद आउँछ ता सब एक छन्
मुलुक बन्दछ ता सब मूक छन्
नव विधान बनाउनु हो कता
अब सभासद चुट्नु पर्यो कि ता ।

घर फिरेर त आउनु पर्छ नि
कति विवाह मलाम त पर्छ नि
अनि भनौं पर जा तँ नआ यता
अब सभासद चुट्नु पर्यो कि ता ।

जल लिईकन डाडु उठाउनू
पस यहाँ मर लाज लुकाउनू
बुझ यही हुनु शेष छ योग्यता
अब सभासद चुट्नु पर्यो कि ता ।
कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x