साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाज लाग्छ

Nepal Telecom ad

(अनुष्टुप छन्दमा )

आयो आयो प्रजातन्त्र भन्दै
हिजो रमाइयो
जितियो जितियो भन्दै
नाचियो गीत गाइयो ।

ए पन्चे छोडिदे भन्दै
सिंहलाई धपाइयो
सिंहको ठाउँमा सन्त
कृष्णलाई बसाइयो ।

छातावाला महासन्त
सिंहको दरबारमा !
सुन्दैमा पनि आश्चर्य !
जोगी जी सरकारमा !

यो मेरो देशमा यस्तै
के भन्नु के भयो भयो
हुँदो र नहुँदो मात्रै
गाईजात्रा हुँदै गयो ।

दाजुभाइ दिदी बैनी
सबैलाई चराचर
भनियो अंश बाँडिन्छ
प्रजातन्त्र बराबर ।

मेरो शिशु प्रजातन्त्र
शिशुको शिशु नै रह्यो
दाजुको चाहिँ मोटायो
भाइको दुब्लिँदै गयो ।

पुष्प दाजु त्यही मौका
पस्नु भो बन जंगल
गर्नु भो युध्द बेफिक्री
मर्नुमै मार्नुमै बल ।

साथमा बैध्य बा टाठा
बाठा जबान डाक्टर
युध्दमा होमिए किन्तु
झन् झन् भो देश जर्जर ।

प्रजाको झुपडीदेखि
राजाको दरबारमा
बग्यो रगतको खोलो
मान्छेका घरबारमा ।

घोषणा गरियो फेरि
देशमा गणतन्त्रको
जात र भातको राज्य
मान्छेको मूल मन्त्र भो ।

बाइसी चैबिसी राज्य
नेपाली इतिहासको
पुनरावृत्ति गर्ने रे
बाटो त्यै सर्बनासको ।

“जातीय राज्य” !!! ऐलेको
एक्काइसौं शताब्दीमा
सुन्दैमा लाज लागेर
भुतुक्कै हुन्छु आज म ।

लाज लागेर के लाग्छ ?
मुख छोपेर हिंड्दछु
वीरता वीर पुर्खाको
सम्झी चित्त बुझाउँछु ।
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

फित्काैली डटकम
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x