साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमूर्त र अमञ्चित नाटक

Nepal Telecom ad

कविता, के हो यो कविता ? कविता, कविता हो फगत कविता । हुनसक्छ कविता कुनै केटीको नाम विशेष । कविताका पङ्क्तिहरू हुन्छन् । तर उसका पङ्क्तिहरू अलिक फरक प्रकारका छन् । पहिलो पङ्क्तिमा उसका दुई खम्बे धरोहर छन् । दुई खम्बे आर्थिक विकासको नीति जस्तै । कविताको दोश्रो पङ्क्तिमा गुह्य कुरा लुकेका छन् । त्यसै पङ्क्तिमा सुन्दर रमणीय स्थान छ । तेश्रो पङ्क्तिमा रसिला रसिला राता लालिमा अनि रमणीय दुई नैनीताल पनि छन् । वास्तविक कविताका आफ्नै स्वरुप हुन्छ होला अनि कविता सूत्रबद्ध लेखिन्छ होला, यसरी लेखिएका कविता लयबद्ध पढिन्छ पनि होला । तर यो कविता, त्यसरी लेखिएको कविता भने अवश्य होइन ।
कविता झट्ट हेर्दा कथा जस्ती छे । अनि कविता उपन्यास जस्ती पनि छे । कता कता कविता काव्य जस्ती पनि छे । अनि कता कता गाउँ खानेकथा जस्ती पनि छे । कथाभन्दा कविता छोटो हुन्छ । कविता त्यस्तै छोटी छे । उपन्यासभन्दा कविता पातली छे । काव्य कालो पनि होला सेतो पनि होला कविता मिश्रित छे । गाउँ खाने कथामा नौ तले घरको झ्याल न ढोका भनिन्छ, वारि भर्याङ्ग पारी भर्याङ्ग तेरा बाउको लुते करङ्ग के हो ? भनेर गाउँखाने कथामा सोधिन्छन् तर ऊ गाउँखाने कथा जस्ती पनि छैन । ऊ आफ्ना पङ्क्तिबद्ध करङ्ग बलियो भएको घमण्ड गर्छे । कविता उपन्यासका पात्र झै बेलाबेला नाङ्गिन खोज्छे तर विचरी ईजार खोल्नसम्म भ्याउँदिन । आफ्नो सर्वाङ्ग उदाङ्गो पार्न खोज्छे तर मौका पाउँदिन । उसको मस्त जवानी आकर्षक वक्षस्थल कसैले सहलाई सहलाई रसस्वादन गरिदिउन् अनि तिनै पङ्क्तिमा प्रतिक्रिया लेखिदिउन्, उसका चाहना हुन सक्छन् । उसलाई गर्व पनि लागेको हुनु पर्दछ, उसका जस्ता छन्द मिलेका हरफहरू सायद अरुका छैनन् भनेर । अरुले कविताको हरफ हरफ वर्णन गरिदिउन् भन्ने उसलाई लाग्दछ तर कसलाई फुर्सद हुनु बरु एकै चोटीमा शिरपुच्छर पढेर विना वर्णन नै थन्याई दिने चेष्टा नगर्लान् भन्न सकिन्न ।
आखिर त्यस्तै भयो, मुस्किलले एउटा आफूलाई कविताको पारखी मान्ने स्वःनामधन्य कवि फेला परेको पनि शिरपुच्छर पढेर पट्याई त्यसै थन्क्याएर गइदियो । हुन सक्छ उसलाई छन्दको ज्ञान थिएन वा साहित्यको रसानुभूत उसले कहिल्यै गरेको थिएन होला वा हुन सक्छ, त्यो उसको रुचिको विषय थिएन होला । खाली उसको फुर्सदको समयलाई उपयोग मात्र गर्न खोजेको पनि हुन सक्छ । अहिलेसम्म कविता जतिले पढे, कसैले त्यो कुन कुन छन्दमा लेखिएको कविता हो भनेर खुट्याउन चाहेनन् वा सकेनन् । केवल पढे । शिरबाट पढे, पुच्छरबाट पढे, कसैकसैले त बीचैबाट पनि पढे । कसैले रातमा पढे, कसैले दिउँसै पढे । कसैले झ्यालबाट पढे, कसैले ढोकैबाट पढे तर केवल पढेमात्र, न त आलोचना गरे न त समालोचना लेखे ।
अनेकचोटि अनेक स्थानहरूमा कवि सम्मेलन भए, अनेकचोटि कविताहरू पाठ गरिए, पाठ गरिएका अनेकौं कविताले हजारौं हजार ताली पाए यदाकदा गाली पनि पाए होलान्, तर यो कविता विना कवि नै केवल वाचनमात्र गरिन्छ, न त ताली, न त गालीसँग शून्यतामा । न त कुनै साहित्यकार न त कुनै नाटककार, विना निर्देशक, विना निर्देशन केवल कालाकारमात्र उपस्थित भएर उसैको कवित्वभावमा धेरैबेर नाटक गर्छन् तर अमूर्त । विना मञ्चन समाप्त ।
Email: sauravsagar17@yahoo.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x