सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एउटा संविधान पाउँ न हजुर

Nepal Telecom ad

कति हेर्नु बाँदरको नाच मात्रै,
कुस्ती हुँदैछ अरे हेर्न जाउँ न हजुर
त्यतैतिर फेरि जुँगाको लडाईं,
हामी पनि जुँगामा ताउ लाउँ न हजुर ।

ईमान, आचरण, निष्ठा र सिद्धान्त
ती सवै शब्दकोशका अलङ्कार भए
मै हुँ सर्वज्ञ, अरु सव मूर्ख अज्ञानी,
यस्तै धाक र धक्कु लाउँ न हजुर ।

शरम पचेर मान्छेको छि–छि–छि–
शरमलाई नै लौ न लौ शरम भो
बेशरमहरूको यो भिडमा कतै
शरमवाला छन् कि पत्ता लाउँ न हजुर ।

जनविश्वासको मत लिएका नेता
विश्वासलाई नै कुल्ची उफ्रिएका किन ?
अति भो अब त खेलबाड पनि
एउटा संविधान पाउँ न हजुर ।
हाल– बेलायत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल