साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान

Nepal Telecom ad

साउने भेलले उधार्ने गढतिरको चिहानमा
बारम्बार भेटिन्छन् ईन्कलाबवाला रातो डायरी
जाउ सिसिफस हो, उधिनिहेर समाधि
त्यहीँ लेखिएका छन् संविधानका धारा—उपधारा
सातसाले चिहानमा भेटिने चारतारे झन्डा हेर त–
त्यहीँ छन् जनतन्त्रका परिभाषा,
क्याप्टेन यज्ञबहादुरहरूको चिहानका कङ्कालमा
खोजिहेर लोकतन्त्रको अनुहार
त्यहीँ भेट्नेछौ तिम्रा बहुमत र अल्पमतका आधार
छिन्ताङ—सुखानी, पिस्कर र टिम्मुरबोटेको माटोमा खोज
पञ्चायती सङ्गीनले घोची बगेका रगतले लेखिएका दस्तावेजहरू
दोरम्बा, बेथान, तीनचुली र थबाङ पुगिहेर
अझै पाउनेछौ समाजवादको जग हाल्ने ढुङगो
कङ्काल कायाको पिठ्युँमा
खाली आन्द्रोको बरियोले थामेको भारी हेर,
दार्चुलाको डाँडोबाट पर ः
कालापार हिँडिरहेकाहरूको ताँती हेर,
विस्तारवादी बुटले थिल्थिलिएकाहरू
सीमास्तम्भ अँगाल्दै बसेको हेर ः
त्यहीँ भेट्नेछौ सहमतिको मिलनबिन्दू
भाषा नजान्दा नागरिकताको खोस्टो नपाउनेहरू,
नुन खेप्न जाँदा रारामा खस्नेहरू,
मालिकको हातबाट नथुनी तोडाउनेहरू
सवैको अनुहारमा हेर एकपटक
त्यहीँ भेट्नेछौ संसारको उत्कृष्ट संविधान ।
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x