साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमरेड ! लाल सलाम है

Nepal Telecom ad

याद छ कमरेड ?
तपाईं बारम्बार भन्नुहुन्थ्यो
‘ममा धेरै दूरदर्शिता छ,
मौका पाए सिङ्गो जगतलाई देखाइदिन्छु’
कमरेड !
तपाईं फुस्फुसाउँदै भन्नुहुन्थ्यो
‘नेपाली जनता स्वाँठ हुन्,
नेपाली जनता लम्पट हुन्’
मानें कमरेड तपाईंलाई
तपाईं साँच्चै दूरदर्शी हुनुहुँदोरैछ
आखिर सिङ्गो जगतलाई देखाई छाड्नुभो
तपाईंजस्ता धुरन्धर
महापुरुषलाई चिन्न नसक्ने
भ्रष्टाचार र अपराधका
मतियार बन्न नसक्ने
नेपाली जनता स्वाँठ नै रैछन्
तपाईंको नजरमा गरिखाने
हामी सोझा नेपाली
लम्पट नै रहेछौं
धरोधर्म कमरेड !
अझै पनि तपाईंको
पहिचान गर्न नसक्ने
हामी सोझा नेपाली
लम्पट नै रहेछौं ।
जोरपाटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x