पेशल आचार्यपेशलका स्पेसल ठोक्तक (२०)
प्रजातन्त्रवाद
गालीगलौजको भाषा
रक्तरञ्जित तमासा
आखिर ‘तन्त्र’को चीरहरण भो यसरी
‘जब तक समोसे मेँ आलु
तब तक विहार मेँ लालु’ भो हाम्रो दृष्टान्त ।।
संघर्ष
क्रान्ति गीतलाई
व्यापारीकरण गर्दै
आस्थालाई बजारीकरण गर्दै
नाँच्दैछौं हामी–
‘नाँच भालु नाँच, कम्मर भाँच !!’
कविता
भावहरूको खण्डहर भित्र
कलाको हत्या भएको छ ।
उत्खनन गर्दागर्दा थाकियो
कतै भेटिएन्– सुकुमारी कविताको लाश !!
इच्छा
हामीलाइर्,
समाज द्रोहीहरू समाजवादी भएको
कति पनि मन पदैन ।
र चाहन्नौं–
‘कम्युनिष्टहरू’ कम निष्ट भएको सुन्न ।
मन्थली, रामेछाप
Subscribe
Login
0 Comments
Oldest






































