साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झन सद्दे हाकिम भाको छु

Nepal Telecom ad

देश बनाइन्छ कि भनी
बडा हाकिम भइयो
केही जिम्मेवारी समाल्दै
जिल्लातिर गइयो
सुशासन चलाउनलाई
कडा हाकिम भइयो
त्यसो हुँदा
कतिले बौलाहा हाकिम भने
कतिले सन्काह हाकिम भने
हुँदा हुँदा
पियनसम्मले झन्काहा हाकिम भने
आजभोलि
अलिअलि पार्टीभोजमा गाको छु
त्यसैले म सद्दे हाकिम भाको छु ।

ढिलासुस्तीलाई जनाइ गरेँ
घुस खाने खुवाउनेलाई मनाही गरेँ
कहिले मेची कहिले काली
कहिले तराई कहिले हिमाली गाको छु
यै देशको नागरिक भएर पनि
नरकको जस्तो सजाय पाको छु
आजभोलि कसैले खाऔं भने पछि
अलिअलि चिया जुस खाको छु
त्यसैले म सद्दे हाकिम भाको छु ।

घुस खान दिन्न भन्दा
कहिले यो पार्टीको मान्छे
कहिले त्यो पार्टीको मान्छे
नाप्पिएको हाकिम भन्न थाले
अनेक आरोप लगाउदै
पार्टीमा उजुरी नै हाले
गुन्डागर्दी देखाउँदै
टेबुल कुर्सी ठटाए
कार्यकर्ता कुरा सुन्दै नेताले
सरुवाको चिट्टी पठाए

कसैले भेटी चढाए पनि
नचढाए पनि
म मन्दिरको मूर्ति भाको छु
आँखा चिम्ली दिएपछि
आजभोलि
म झन सद्दे हाकिम भाको छु ।

ढिला सुस्ती रोक्न खोज्दा
मिचाह हाकिम भन्न थाले
जनसेवा गराउन खोज्दा
रिसाहा हाकिम भन्न थाले
टिमवर्क गर्न खोज्दा
आप्mनै खेदो खन्न थाले
आजभोलि गान्धारीको जस्तै
आँखामा पट्टी लाको छु
त्यसैले म
झन सद्दे हाकिम भाको छु ।
दाङ, हाल– काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x