साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाङ्गा देवता भोका भक्त

Nepal Telecom ad

शिवरात्रीको ब्रत
नाङ्गा देवता भोका भक्त

मन्दिर बाहिर पैसा माग्ने
मन्दिर भित्र छ आशिक माग्ने
माग्ने माग्ने सब संसार
दाता शिवजी नाङ्गेझार !

न पार्वती छन् न त गणेश
एक्ला शिवजी भस्म छ भेष
गाई छैन साँढे छ मस्त
नाङ्गा शिवजी भोका भक्त !

बिच बिच नागा जोगी मेला
भक्त भक्तिनी ठेलम ठेला
गाँजा गँजेडी भँगेडी मस्त
नाङ्गा देवता भोका भक्त ।

भक्त छ अर्को भोजन बाँड्दै
व्यापारी ऊ व्यस्त छ ठग्दै
भक्ति भाउमा सबजन मस्त
(भाव होइन, बजार भाउ हो !)
नाङ्गाा देवता भोका भक्त ।

कैलाशमा अब म्लेक्ष जान्छन्
नाङ्गै हिँडे पुलिस समात्छन्
बाघको छाला तस्कर त्रस्त
नाङ्गा देवता भोका भक्त !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x