साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेको बाउको के जान्छ ?

Nepal Telecom ad

हामीले पशुपतिनाथको
हल्लेर खाने साँढेलाई
खेत जोताउने प्रयास ग¥यौँ
हामीले घाँस खाने साँढेलाई
चौरासी व्यन्जन खुवाउने दुरप्रयास ग¥यौँ
घाँस खाने साँढेले घाँस खान्छ भने
त्यो साँढेको के जान्छ
गए छ भने पनि तपाई हाम्रै जान्छ ।

हामीले साँढेलाई
उसको मालिक भन्दा ठूलो ठान्यौँ
हामीले साँढेलाई
कलियुगको ठूलै उदारकर्ता नै मान्यौं
साँढेलाई पाल्न ऋणै बोक्यौँ
साँढेले बोल्दा ताली ठाक्यौँ
जति मिष्ठान्न खुवाए पनि
साँढेले घाँस नै खान्छ भने
साँढेको बाउको के जान्छ
गए तपाई हाम्रै नै जान्छ ।

छालाको पहिरन लाउने उसका मालिक
तर साँढेलाई हामीले
लाखौँ लाखको सुट हालिदियौँ
साँढे भने पनि पछि हामीले
दरबारका नारायणलाई फालिदियौँ
पाँच तारेमा ज्यूनार गराउँदा पनि
साँढेले घाँस नै खान्छ भने
साँढेको बाउको के जान्छ
गए तपाई हाम्रै नै जान्छ ।

हामीले साँढेले हिँड्न नसकेपछि
पजेरोदेखि प्राडोसम्म किनेर दियौँ
खान बस्न चाहियो भनेपछि
दरबारको तलब भत्ता छिनेर दियौँ
त्यसले पनि नपुगेपछि
सुत्केरी भत्ता समेत गिनेर दियौँ
देश विदेश जान्छु भनेपछि
रातो पासपोर्ट पनि बिनेर दियौँ
अभैm पनि साँढेले घुस घाँस खान्छ भने
यो साँढेको बाउको के जान्छ
गए तपाई हाम्रै जान्छ ।

हामीले साँढेलाई
पढछु लेख्छु भनेपछि
मास्टरदेखि डाक्टरसम्म पढायौँ
विदेशमा पढ्छु भनेपछि
त्यहाँ पनि पढ्न पठायौँ
आज हाम्रा लागि
केही गर्लान् कि भन्दा साँढे
घरि जुलुस नारामा जान्छ
घरि आन्दोलनमा जान्छ
चौरासी व्यन्जन खुवाए पनि
फेरि पनि साँढे घाँसै खान्छ
यो साँढेको बाउको के जान्छ
गए देशकै सम्पति जान्छ ।

त्यसैले हामी फेरि
साँढेको बारेमा सोच्नुपर्छ
अब खोज्दा
साच्चैको जोत्ने साँढे खोज्नुपर्छ ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x