साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो पर्छ !

Nepal Telecom ad

भ्रष्टाचार निवारण गर्नु पर्छ
भ्रष्टाचार नै नभए भ्रष्टाचार निवारण कसरी हुन्छ ?
त्यसैले भ्रष्टाचार निवारण सफल पार्न भ्रष्टाचार गर्नु पर्छ पर्छ ।

सहिदका सपना साकार पार्नु पर्छ
कोही सहिद नै नभए कसका सपना कसरी साकार पार्ने ?
त्यसैले आन्दोलन क्रान्ति जे गरेर भए पनि सहिद त बनाउनै पर्छ पर्छ ।

बजार भाउ सस्तो बनाउनु पर्छ
महँगी नै बढेन भने बजार भाउ कसरी सस्तो बनाउने ?
त्यसैले जे गरेर हुन्छ बजार भाउ त चर्काउनु पर्छ पर्छ ।

गरिबी निवारण त झन् नगरी हुँदैन
गरिबनै रहेनन् भने गरिबी निवारण त झन् हुँदै हुँदैन
त्यसैले धनीलाई गरिब बनाएर भए पनि गरिबको जमात नबढाई हुँदैन ।

देश विकास त गर्नु पर्छ
अविकसितको पो विकास गर्ने हो, पहिल्यै विकसितको के विकास गर्नु ?
त्यसैले देश विकास गर्न पनि त देश अविकसित त राख्ने पर्छ पर्छ ।

यो देश समाज अहिले जस्तो छ त्यस्तो नभएको भए
मैले के लेख्थे हुँला, तपाई के पढ्नु हुन्थ्यो होला ?
त्यसैले देश समाज जस्तो छ, ठिक छ, यो यस्तै राखी रहनु पर्छ पर्छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x