सर्वज्ञ वाग्लेकुर्सी !!!
कुर्सी भन्नाले पछिल्तिर अडेस लगाउन मिल्ने चार खुट्टा भएको जुत्ता नभएको कुनै बुट्टा भएको त कुनै बुट्टै नभएको अग्लो आसन हो भन्दा फरक नपर्ला । यो आसन बेलाबेलाँ सिंहासनको फन्काँ मनका कुरा पोख्न ‘ठूलाबडा हातमा र घोडा लातमा एकै झाटमा निम्सरो फाट्मा’ भन्ने उखान कुर्चीले भेट्यो ! कुनै बेलाँ आफ्नै खेलाँ झेल्ला हुँदा किल्ला ध्वस्त बनी मुख्य समाचारको अग्रिम पङ्क्तिमा नेताजीको बिल्लासँगै जिल्ला लम्किन्छ क्षेत्र चम्किन्छ कुर्सी फन्किन्छ ।
कुर्सीका आआफ्नै परिचय छन् । आआफ्नै सभ्यता र परमपराँ कुर्सीले नेपालाँ एउटा इतिहासको अन्त्य र अर्को इतिहासको थालनी गर्ने क्रमसँगै कहिले कसैको कुर्सीको आपत्ति त कहिले कुनै कुर्सीको पालनीआँ नयाँ नयाँ इतिहासाँ जाल, ताल, छाल, माल, पाल, काल के के जाती भन्छन् रच्न पुगेकै छन् ।
कठै बिचरा कुर्सी नेपालाँ के भएका होलान् नि ! आआफै लडेर उठ्नै नसकिने गरी टिबी र एफएमका सम्चाराँ पत्रपत्रिका हेड्लाइनाँ हट्अट्याक हुने गरी त्यों पनि मनपरी कुर्सी खप्टेको इतिहास रच्न कुर्सीले आआफै भत्किने र लड्ने महान इतिहासको थालनी लाजै नमानी गर्यो । कुर्सी नेपालाँ जुन राजाको थियो । त्यहाँ राष्ट्रपति भनी नामाकरणको कुर्सीआँ राखियो । पुस्तौली खाइपाइ आउने बानी रहेको कुर्सी एकाएक भाँच्चियो । हुन त चितौनाँ गणेशमानजी बस्नु भएको कुर्सी एकाएक भाँच्चियो ! भाँच्चेको भाँच्चै पनि भयो ! नयाँँ देश बनाउने नयाँँ पुराना पार्टी झण्डै छ सय एकका खाँटी सिहासनाँ सिंह जस्तै पाराँ वीर महापुरुषको महाबाहुलीबाट नयाँँ पुराना कुर्सीका नामाकरण र परिवर्तन गर्ने कीलाकाँटी डाम्नेमा नेपाल नम्बर एक भएकै छ र हुने कर्म जारी नै छ । देश बनाउने महान नेता भेष बदल्ने सिंहासनाँ देशलाई शेष बनाई मागीखाने केस बनाउने कुर्सी पनि भकाभक भाँच्चिए । संसदमै टुक्रैटुक्रा भएर त्यो पनि नयाँ युगाँ थाँत्तिए । पुराना कुर्सी फ्याँकिए नयाँ आउने बाटो खोल्न कुर्सी त्यसै च्याँठिए । वीर हात स्वाँठिए । बिचरा कुर्सी बन्ने बिग्रिने भाँचिने नासिने क्रमसँगै जे होस जनताले दिने धन रासी बासी हुन पाएन कासी लान परेन मास्सिनु र नास्सिनु त प्रकृतिको नियमै हो ।
‘जनताले जनताका लागि जनताद्वारा गरिने शासन प्रणालिआँ’ आफ्ना परम सहृदयी नेतागणका लागि कर, तिरो ट्याक्स, कुर्सी, बिजुली, पानी बाटो पजेरो, खोला नाला जङ्गल, रुख, सिमा, देशको माटो, त्यसको साटो जे जे पनि टक्रयाउनै पर्छ टक्रयाएका पनि छन् र टक्रयाई रहने छन् । जाबो कुर्सी नटक्रयाउने त कुरै भएन । देशाँ वीर सांसद पाल्न टुप्पी फाल्न परे पनि, झुत्ती हाल्नु परे पनि दरो खुट्टी पाउनु जनताको ठुलो भाग्य हो । ‘पुरानो भाँच नयाँं साँच’ भन्ने त नेपाली उखानै छ । ‘जहाँ समस्या त्यहाँ उपाय’ । देशलाई स्विजरल्याण्ड बनाउने दौडमा कुर्सी महात्म्यको ठुलो हात छ । यो कुर्सी पनि बिचित्रको रहेछ । युरोप, अमेरिका, वेलायत, अस्टेलिया, बेल्जियम, नर्वे, स्विजरल्याण्ड जस्ता मुलुकाँ कुर्सीले पछारिन पर्दैन होला, भत्किन पर्दैन होला र भाँच्चिन परेन होला । खै त्यहाँका नेता राष्ट्रवादी नभएरै हो कि किन हो हामीले टिभी र समाचाराँ त्यहाका कुर्सी टुक्रिएका देखेका छैनौँ । या त त्यहाँका सांसद लुते भएर हो कि मरन्च्याँसे नै भएर हो या कुर्सी उठाएर ड्याम्म भुइँमा थचारेर टुक्रैटुक्रा पार्ने हिम्मत नभएर हो ? कि त्यहाँका मुलुकाँ पुराना कुर्सीयाँ पुराना बस्ने बानी परेर हो ।
नयाँ मुलुक बनाउन त सबैभन्दा पहिला बस्ने ठाउँबाट क्रान्ति छेड्नु पर्छ । शुरुमा सैलजा आचार्य बनमन्त्री हुँदा सबैभन्दा पहिला उनले भनिन्– ‘यो भ्रष्टाचारी बस्ने कुर्सीयाँ म बस्दिन ।’ नभन्दै हतार हतार उनको मन्त्रालयको सबै कुर्सी टेबल फेरियो र मात्रै मन्त्रालयमा मन्त्री आसिन भइन् । गणेशमानलाई राजा बीरेन्द्रले प्रधानमन्त्रीको कुर्सीमा आसिन हुन आग्रह गरे । नेपालको लोकतन्त्रको लडाईंमा लामो समयसम्म घर परिवार, आफ्नो ब्यक्तिगत जीवन, पैसा, पावर र पदलाई सोझै अस्विकार गरी समाज सेवाँ लागेका हाम्रा छ लाख छैसठी हजार छ सय छपन्न नेतागणहरूले वास्तवमै देशका लागि ठूलो त्याग गरेका छन् । कृष्ण प्रसाद भटराईले जीवनभर घर परिवार नबनाई प्रधानमन्त्री भएपछि पनि एउटा पुरानो बाकस एउटा लौरो एउटा पानी खाने सुराइ र आफ्नो दौरो बोकेर एउटा सानो कोठाँ बसाइँ सरे । जसले राजासँग अधिकार खोसेर तीन महिनाँ संविधान जनतालाई दिन सके । आफ्नो काम सकिनासाथ प्रधानमन्त्रीको कुर्सी पनि छोडे आफै प्रम भएर आफैले गराएको चुनाबाँ पनि आफैले हार स्विकार गरे । जसले नेपाली काँग्रेस जस्तो पार्टी बनाए र मर्ने बेलाँ सरकारको कुर्सी मात्रै होइन पार्टी र कुर्सी साथीलाई दान पनि गरे मान पनि गरे ।
त्यो महान लडाईं सडकको थियो अब सडकबाट लडाईं सदनमा आयो । सदनमा पालो कुर्सीको त्यही कुर्सीले आज देशलाई सेष बनाई सकेकोले देशभक्त महान क्रान्तिकारीलाई देश सेष बनाउने खेलको जरो नै मेटाउने जोश आउनु स्वभाविक हो । त्यही जरो आज दरो भएर खरो उत्रेको हो । त्यसमा पनि देशभक्तले विदेशी घुसपैठलाई भुस बनाउनु र आँफ्नो पसिना नपरेपछि असिना बनेर बर्सनु स्वभाविक हो । नयाँ बनाउने क्रममा संसाराँ नभएको पराक्रम युद्धको धरम र उदघोषको गरम त्यहाँबाट गर्नु पर्छ र त्यसरी अब संसारको सदनले कुर्सीलाई सुर्ती खुवाउने नेता नेपालमा धेरै छन् भनी जान्नु र छान्नु पनि पर्छ । कसैलाई कुर्सीको लोभ छैन भनि मान्नु पर्छ । त्यसैले त नेपालले धेरै प्रगति गरेको छ र अझ प्रगति गर्नका लागि पुराना कुर्सी, पुराना नाम, पुराना काम, पुराना व्यवस्था पुराना, संविधानको भुस पारी घुस पाल्ने महान लडाईंलाई बढाई दिनु पर्छ ! संसारको सदनले पुराना सिल्पकार, पुराना चढ्नेकार, पुराना चित्रकार, पुराना मास्टर पुराना डाक्टर यसरी सबै पुरानालाई नयाँ बनाउने बिचारले महान क्रान्तिकारी नेतादेखि कार्यकर्ता, कार्यकर्तादेखि आन्दोलनकर्ता, आन्दोलनकर्तादेखी हर्ता भर्तासम्मले पुराना बोडलाई कोण बनाई उखाल्ने, पुराना सालिक भत्काउने, पुराना नाम बदल्ने क्रममा नयाँ बनाउने ।
यसरी अब संसारको सदनले संसारको उच्च देश संसार गुलाम हुँदा पनि आफ्नै बुताँ र आफ्नै स्वमिमानाँ तथा स्वतन्त्रताँ अडेको देश संसारभन्दा अग्लो सगरमाथा जस्तो उच्च शिर भएर वीर भएको देशाँ जाबो कुर्सी त के परी आयो भने कुनै देशले फुर्ति गर्नु पर्दैन । देश नयाँ बनाउन माइक टेबल, सडक, शिक्षा रोजगार, उद्योगधन्दा, सविधान, जात भात, भूगोल, राष्ट्र राष्ट्रियता कुर्सी जस्तै भत्काइ अर्को नयाँ बनाइदिने देश खोज्न कुर्सी महात्म्यको अवशेष रोज्न । संसद भित्रको कुर्सी, टेबल र माईक हेर्न ! राष्ट्रियता फुत्किन्छ कि भनेर घेर्न । ल जाऔं हजुर संसद बेर्न । हुन्न र हजुर ?
हाल अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































