साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नारी आफूलाई पढ

Nepal Telecom ad

(सन्दर्भ श्रमिक महिला दिवस)

अपाङ्ग राज्यमा
आठमार्च मनाइरहँदा
पुन्टीको सत्वहरू गाउँदै
सेतीलाई नियाली रहेछु
पढ्न नसकेका अक्षरहरूमा
युद्धको अनुभव गर्दै
मानव सभ्यताको संघारभित्र छिरेको छु
यति बेला
डोल्पाको डिहीमा बसेर
पुन्टी रोकायको
बृत्तचित्र कोरिरहेछु
क्रान्तिको सत्वहरू छैनन्
म भनिरहेछु
कविता पुनका सत्वहरू
पढ्न आग्रह गरिरहेछु
मानिसहरू पढिरहेका छैनन्
उनलाई
उनका श्रावकहरू
मयुरझैँ नचाइरहेछन्
आठमार्चले
उनको आँगन टेकेन
कैल्यै
घुर्चि वरिपरिका बस्तीहरूका
सिमीका झाङ्हरूले
पहिल्याउन सकिरहेको छैन
आफैले भोगिरहेको कुराहरू
यहाँ प्रस्तुत भइरहेछन्
आठमार्चले
पुन्टीले बोकेका बन्दुकहरूको
चर्चा गर्न चाहँदैन
उनको पिठ्युँमा रहेका
सुन्दर बन्दुकहरूनै
मानिसहरूको इतिहास खोजिरहेथे
हुम्लाका बारीहरूमा
उवाको सातु नपाएर
छट्पटिएकी पुन्टीका जीवनहरू
एक मुठी सातु मागिरहेको कुरा
आठमार्च भन्न नै रुचाउँदैन्
कविता पुनहरूले दुःख भोगिरहेका
कुनै पर्चाहरूमा छैन
अगाडि उभ्याइदिएर नचाउँदैमा
उनको सपना साकार हुन्छ र ?
काम नगर्ने प्रेतहरूले
क्रान्तिको कुरा गर्दा हाँस उठ्छ
पुन्टीको सुसेलीहरू
उनले गाएका मिठा मिठा गीतहरू
धुनहरू सुन्न सक्ने तागत छैन
आठमार्चलाई
जीवनलाई क्रान्तिको बाटो बनाउने
कविता पुन
आहुति हुन तयार छिन्
कर्तव्यपरायण गरेर
चिप्लेकिराहरू
एनजियोका हुलाकीहरू
आठमार्चको बेलुन लिएर
काठमाण्डौँको धुँवासँगै उडिरहेछन्
यति बेला
मानसरोवर हाँस्न सकिरहेको छैन
सेतीका बाफहरू
पूर्वतिर उडिरहेका छन्
बन्दुकको आवाज रोकिएको छ
चराहरू मौन छन्
पुन्टी र कविता पुनहरूलाई
आठमार्च थाहा छैन
सहर भित्रका कङ्क्रिट महलहरू
धुमधाम मनाइ रहेछन्
दोरम्बा र खाराहरू
बेनी, गौरहरूको सपना बिट्याल्याउँदै
एनजियोहरू
समाजवादका समाचार लेखिरहेछन्
पुन्टी रोकायको, आङ्मा केही नभएझैँ
नाङ्गिएको लोकतन्त्र
कविता पुनहरूका
आँसु पिइरहेछ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x