साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विस्तरारूपी चिताहरू

Nepal Telecom ad

(सन्दर्भ श्रमिक महिला दिवस)

गिजा मात्रै रहँदासम्म
निलिन् सुलुसुलु र पचाइन् जाउलो जस्तै
सिँगै पितृसतात्मक फलामे चिउरा
हजुरआमाले
लोग्ने मान्छेको प्रताडनालाई
भाग्यको ताज ठानेर
उस्तै खाले जिन्दगी फिटिन्
आमाले पनि
चपाएको चिउरा पगाल्दै
गलाइरहिन् तकिया
हरेक रात
मैले पनि गास मिलाई मिलाई चपाईरहेँ
उही चिउरा उसै गरी
मलाई थाहा छ
पचाउन सहज छैन
पगालेर पनि अर्थ रहँदैन
र त
बनिसकेको छु
आँफै फलाम
बज्रने प्रक्रियामा छु
विषालु सत्तामाथि
काट्न प्रयासरत छु
चिउरा मिलका फित्ताहरू
जलाउनु छ, फलाम निर्माण गर्ने भट्टीमै
दैनिक जल्नुपर्ने चिताहरू
जलाउनु छ
पितृसत्ताका आरामदायी
विस्तरारूपी चिताहरू ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x