चट्याङ मास्टरशीर्षस्थ जुम्रा
फोहरी छु,
त्यसैले शरीरमा जुम्रा छन्
केहि काखीका रौँ बिचस्थ छन्
केहि अन्तस्थ पनि छन्
र
केहि शीर्षस्थ छन् ।
अन्तस्थ भन्दा शीर्षस्थ जुम्रा तगडा छन्
जुम्रा जुम्रा बीच उनका आआफ्ना झगडा छन् ।
शीर्षस्थ जुम्राहरू कहिले कन्सिरीबाट तालुतिर अग्रगामी यात्रा गर्छन्
तालुका फेरि कन्सिरीतिर पश्चगामी यात्रा भर्छन्
उनीहरूको यो अनन्त यात्रामा रसद पानिको समस्या छैन
किन भने मेरो शरीरमा रगत त प्रसस्त छ
तर शीर्षस्थ जुम्रा मार्ने तागत छैन ।
सुँड गाडेर मेरो गिदी चुस्न खोज्छन्
जुम्राको सुँडले मानिसको गिदी के भेटोस् !
मेरो रगत चुसेर आफ्नो पेट भर्छन् ।
शीर्षस्थ जुम्राहरू मेरो बुद्धि भन्दा माथि छन्
त्यसैले दुर्बुद्धिका साथी छन्
कुबुद्धि त जातैले पाएका
फोहरीका टाउकामा पाथिका पाथी छन् ।
शीर्षस्थ मेरा केहि जुम्रा छन्,
केहि लुम्रा र केहि झुम्रा छन्
नुहाउन पाए यी यसै बगेर जान्थे,
तर यहाँका धारा रित्ता ढुङ्ग्र्रा छन् ।
जुम्रोले ठ्याक्कै कहाँ सुँड गाड्यो थाहा हुन्छ, देखिँदैन
समाउन खोज्यो भेटिँदैन
अन्तस्थ जुम्रालाई त ऐना हेरेरै पनि टिप्न सकिन्थ्यो
शीर्षस्थ जुम्रालाई ऐनामा पनि देखिँदैन ।
त्यसैले मेरो टाउकोमा शीर्षस्थ जुम्राहरूको एकछत्र राज छ
मानौ यी शीर्षस्थ जुम्राहरूको भिड नै मेरो शिरको ताज छ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































