साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश विकास

Nepal Telecom ad

लाखौँ करोडौँ नेपालीलाई अरबौँ खरबौँको अभिवादन !
मित्र ! तपैँसँग दूरको दृश्य दर्शन गराउने दूरबिन छ ? छ भने प्लिज, मलाई एकै छिनलाई दिनुस् न ! किन चाहियो दूरबिन ? भन्नुहोला, प्लिज ! प्लिज ! दिनुस् न ! वाँ हाम्रो देश विकास भ‘र कस्तो भैसक्यो रे ! त्यही देशको विकासलाई जति हेर्दा पनि कहीँबाट देख्न सकिएन । त्यसैले अब सगरमाथाकै टुप्पोमा चढेर हेर्नुप¥यो भनेर दूरबिन खोज्या क्या !

के वाहियात कुरा गर्या यस्तो भन्नुहोला, यो कुरा मैले भन्या हैन है ! यसो देशको हालखबर के कसो र’छ भनेर छापामा छपक्क छापिएको खबर थपक्क छापा उठा’र पढेको त देश विकासाँ खर्च भ’को रुपैयाँको अङ्क देखेर झन्डै फेन्ट भ’र खुत्रुक्कै भ’को भन्या ! असारमा आकाशबाट ओइरेको पानी भन्दा पनि बढी पैसा पो देश विकासाँ खर्च भ’को रै’छ त ! अब हेर्नुस् त देश विकासाँ खातिर अरब राष्ट्रका तेल खानीमा भ’को तेल भन्दा पनि बढी रुप्याँ खर्च गरेर देशाँ के, कहाँ, कति, कस्तो, कसरी विकास भ’छ भनेर जान्ने जिज्ञासा जाग्नु जायजै हो नि, हैन र ? यही कुरा जान्नका लागि कोठाको भ्mयालबाट च्याएँ । छतबाट नियालेँ । सडकाँ उभिएर विचारेँ । टुँडिखेलाँ घुम्दै हेरेँ । तर के गर्नु जति जे गरे नि हात लाग्यो शून्य !

अब यसरी देखिने भएन भनेर धरहराको टुप्पीमा पुगेँ । चारैतिर हेर्नलाई दृष्टि दौडाउनु भन्दा पहिल्यै आहा ! हरररर छि ! कस्तो मीठो दुर्गन्धको हरक पेरिसको परप्mयुमलाई पछार्दै स्वाट्टै ब्रह्माण्डमै पुग्ने गरी पस्यो र आफ्नोे विकास तीब्र गतिमा भैरहेको आभास गरायो । आँखा गाडेर हेर्दा अलि पर वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ‘के निहुँ पाऊँ कनिका बुक्याऊँ’ भने झैँ आफ्नोे काम छोडेर निहुँ खोजिखोजी ‘आज मेरो पालो भोलि तेरो’ भन्दै नारा लगा’र रोष्टम घेर्दै लाजसरमसँगै भत्ता पचाउन पल्केका दुई वर्षे आयु पाएर पनि आपूmलाई अजम्बरी ठान्ने सेता हात्तीको बथान देखियो । धरहरालाई माथ गर्ने ठूला–ठूला बिल्डिङ स्वदेशी ऋण र विदेशी लगानीमा बग्रेल्ती फस्टाको प्रत्यक्ष देखियो । रोपाई गर्न ठीक्क पारेसरिको सडक देखियो । यस्तै अरू पनि धेरै–धेरै कुरा देखिए तर देशको विकास चैँ कता भ’छ खै ? खरायोको सिङ झैँ देख्नै सकिएन बा ! चस्माको पावर कम भ’र पो नदेख्या हो कि भनेर पावर बढाएर अर्को चस्मा ला’र हेर्दा पनि अहँ विकास भएको त कतै पनि देख्दै देखिएन भन्या !

यसरी अरबौँ खरबौँ खर्च गरेर कहाँ र कुन कुरामा केको विकास भ’छ भनेर हेर्न खोज्दा सधैँ एउटा कुरामा ढ्याङढ्याङ ला’र ठोक्याठोक्यै भ’र हैरान पा¥यो । सुत्दा, उठ्दा, खादा, बस्दा, घर, बाहिर जहाँ जहिले जे गर्दा पनि ठोक्याँ छ, ठोक्याँ छ । टाउकोदेखि पैतालासम्म अनगिन्ती यामानका टुटुल्कैटुटुल्का भैसक्यो तैपनि ठोक्किन छाड्या हैन । के रै’छ त यस्तो सर्वव्यापक कुरा भन्ठानेर टुटुल्कालाई सुम्सुम्याउँदै मुसाको फुटबल मैदान बनेको सारङ्गीजस्तो पेटामा पटुका कसेर यसो टाउको उठा’र हेरेको त मेरी बाबै नि त झन्डै गर्धनै गल्र्यामगुर्लुम भ’को भन्या ! तै पनि त्यसको टुप्पो देख्न सकिएन । त्यसले त चौतर्फ ढाकेर आकाशलाई छो’को मात्रै हैन आकाशलाई नै प्वाल पारेर आकाशभन्दा माथि कता हो कता पुगिसकेछ । यस्तो अद्भूत के कुरा होला भन्ठान्नु भो होला हैन ? त्यति सजिलो नर्सरीका सिङाने भुराले नि सजिलैसँग बुभ्mने कुरा पनि कस्तो नबुभ्mनु भा’को तपैँले ! यो त हाम्रो देशाँ रातदिन नभनी बढेको बढ्यै गर्ने कहिल्यै घट्न नजानेको खाँट्टी कुरो महँगी हो क्या महँगी ! महँगी नै रहेछ नेपालाँ सबैभन्दा बढी विकास भ’को कुरो ! यो सधैँ हलक्क हल्केको हल्क्यै छ । महङ्कीको विकासबाट त तत्तत् व्यक्तिको ढुकुटीमा श्रीवृद्धि भै मालामाल हुनुपर्ने हो तर यहाँ त उल्टो खर्च भयो । के तपैँलाई था छ कहाँ केमा कति कसरी खर्च भयो ?

जे होस्, रकेट युगाँ रकेटको स्पिडमा विकास भ’को महँगीले सर्वसाधरणलाई बडो मायाका साथ चारैतिरबाट ग्वाम्लाङ्ग पारेर आफ्नोे मजबुत अँगालोबाट उम्कनै नसक्ने गरी छातीमा टाँसेको छ । हलाहल बिषले झैँ सबैलाई राहत र शीतलता प्रदान गरिरहेको छ । अब यसको न्यानो अँगालोबाट मुक्त हुन कसलाई गुहार्ने होला खै ? सबैको कल्याण गर्ने पशुका पतिलाई गुहारौँ भने नेतामन्त्री भनेपछि उनको पनि सातो जान्छ । के गर्नु बिचरा ! भोलेबाबा आफैँ चेतबाबा काशी भैसकेका छन् ।

अब के गर्ने होला लौ भनेर घोत्लेर बस्ने भए तपैँ चैँ ओथारो बस्नुस्, म चैँ अरबोँै खरबौँ रुप्याँ भन्या कति हुन्छ ? यसलाई बोक्न कति ढाकर, थुन्से चाहिएलान् ? खाता खोल्न कतिवटा बैङ्क चाहिएला ? थुपार्न कत्रो महल र भण्डार बनाउनु पर्ला ? खान कत्रो भुँडी चाहिएला ? भनेर यसो अनुमान गरौँ कि भनेको नि !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
0
Would love your thoughts, please comment.x
()
x