साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चल्छ सर्दार मेला !

Nepal Telecom ad

पर्दा खुल्दै, विदुसक सबै, मन्चमा भेट्न थाले
बासी थाङ्ना, विफल—अगुवा, मन्त्रणा भन्न थाले ।
वार्ता—वार्ता, पुनरपि भनी, चल्छ सर्दार मेला
भाग्बन्डामा, खलजन मिली, जम्जमाएछ भेला ।। १।।

कोही आफ्ना, प्रभुगण पुजी, मन्त्रणा गर्न आए
कोही आफ्ना, पद चिरजयी, बन्न वार्ता समाए ।
कोही आफै नव पद लिने, दृष्टिमा चल्छ मेला
मन्त्री बन्ने, कुटिल मनमा, जम्जमाएछ भेला ।। २।।

लुट्नै जुट्ने, अधम– मनका, पापका हुन् डकार
साँच्चै भन्दा, विदुसक सबै, रोगका हुन् खकार ।
‘वार्ता’ यिन्का, नटखट झुटा, लुट्नुको मात्र खेला
सत्ता चढ्ने, मनसुब गरी, जम्जमाएछ भेला ।। ३।।

वीर्बल्को यो अधम छलको, मन्त्रणा तुच्छ खिच्रो
पाक्ने भन्दै, विदुसक जुटे, बाङ्गिएको छ घिच्रो ।
आए वार्ता, पुनरपि भनी, मन्चमा चल्छ खेला
सत्ता चढ्ने, खल–बल सबै, भन्दछन् उच्च भेला ।। ४।।
धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x