मरुभूमि नारायणबनाउँछन् पक्कै
संविधान समयमा बनाउँछन् पक्कै
आफू पोथी भएको जनाउँछन् पक्कै ।
बाहिर सुगन्ध छर्केर हिंडे पनि
भित्र–भित्रै मीठो गनाउँछन् पक्कै ।
यिनीहरू आफै डक्टर आफै बिरामी
हाडको लुछाचुँडीमै रमाउँछन् पक्कै
जनताको खुट्टा ढोगेर सत्तामा आए
भोलि तिनै जनता धपाउँछन पक्कै ।
जनतालाई संविधान दिने बेलामा
माछो भनी भ्याकुतो थमाउँछन् पक्कै ।
देशलाई भताभुङ्ग लथालिङ्ग पारेर
टुक्रा–टुक्रा यिनले बनाउँछन् पक्कै ।
तनहुँ
Subscribe
Login
0 Comments
Oldest




































