साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कारदाताहरू झुक्किई हाल्छन् कि !

Nepal Telecom ad

एकजना साहित्यकार मित्र छन् । उनलाई साहित्यिक क्षेत्रमा धेरैले ‘साहित्यकार मित्र’ भन्दा ‘पुरस्कार मित्र’ भनेर चिन्ने गरेका छन् । उनले फलानो पुरस्कार पाए भन्ने कुरा सुन्दा अब कसैलाई पनि हर्ष विस्मात क्यै हुँदैन । सबैले भन्ठान्छन्– एक दिन न एक दिन यो दुर्घटना त हुनु नै थियो । बरु यो पुरस्कार प्राप्त हुन यति ढिलो कसरी भयो भनेर आश्चर्य लाग्न सक्छ ।

हाकिमको व्यक्तित्वले माल ताने झैँ ती मित्र पनि वर्षेनि दुई चारओटा पुरस्कार पड्काइ हाल्थे । एकजना साहित्यिक पण्डितले त यहाँसम्म भने– जसरी रावणलाई मार्नकै लागि रामको जन्म भएथ्यो, जसरी कंशलाई सिध्याउन कृष्ण जन्मे त्यसैगरी पुरस्कार पाउनकै लागि उनको जन्म भएको हो । उनी पुरस्कार–पुरुष हुन् ।

मैले पनि यसो गमेँ, आखिर कुरो के रहेछ त । रहस्य बुझ्न पुरस्कारको पर्यायवाची भैसकेको मित्र अर्का एक अनन्य मित्रलाई सन्ध्याकालीन टेबिलमा निम्त्याएँ ।

शरीरमा केही बेरका लागि विद्युत तरङ्ग उत्पादन गर्ने तरल पदार्थ उनले उदरस्थ गरेपछि भेद खोले– बाल्यावस्थामै उनका मातापिताले दुरदृष्टिको परिचय दिँदै पुरस्कार लँुड्याउने मित्रको ठूलो शल्यक्रिया गराएर शरीरको मेरुदण्ड नै झिक्न लगाएका थिए रे !

त्यसपछि त उनी जुनसुकै गुटमा, जुनसुकै लबीमा, जुनसुकै पार्टीमा सलाई रिञ्च झैं ठ्याम्मै फिट हुन थाले । यसले गर्दा पुरस्कार दिने सङ्घ, संस्था, संगठन, प्रतिष्ठान सबैलाई सजिलो भयो । सबैले, यो त पक्का पनि हाम्रै समूहको हो, भन्ठाने ।

पुरस्कार पाउनेलाई त झन् सजिलो । जहाँ जति डिग्रीको कोण बनाएर निहुरिनुपर्छ, निहुरिदियो । शरीरमा हाडै नभए पनि जता चिप्लन पनि सजिलो ।

बुद्धलाई रोगी, बृद्ध, मृतक हेरेर बोध भए जस्तै मलाई पनि ज्ञानोदय भयो– निहुरन नजानीकन पुरस्कार पाइन्न । अचेल म पनि निहुरने अभ्यास गर्दैछु । हेरौँ, पुरस्कारदाताहरू झुक्किई हाल्छन् कि ! अनि त लाटोबुङ्गोको पनि केही टुङ्गो लाग्थ्यो कि !
बारा, हाल थानकोट काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x