साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ लमी

Nepal Telecom ad

समय र जमाना अनुसार चल्न नसकेमा मानिस पछाडि पर्छ । सबैको सामु लाजले शिर बास भै झुकाएर हिँड्न विवश हुनु पर्छ । आफैलाई हिनताबोध भएर महिनौ दिनसम्म सबै सामु शिर ठाडो पारेर हिड्न पनि अप्ठ्यारो पर्छ । वर्षौं वर्षसम्म अनेकानेक बल बुताले बनाएको इज्यत क्षणभरमा चकनाचुर हुन्छ ।

विवाहको मौसम आएपछि उमेर पुगेका छोरा छोरीको वैवाहिक लगनगाँठो बाँधिदिएर आफ्नो जिम्मेवार पूरा गर्न पाए धर्म कमाइएला भनेर विचार गरिरहनु भएको छ भने अब नयाँ लमीको जन्म भएको छ । त्यो लमीलाई फकाउनु पनि पर्र्दैन । यस प्रकारको वर या वधु चाहियो भनेर बायोडाटा दिइरहनु पर्दैन । सत्र गाउँ डुलेर निराश हँुदै फर्कनु पनि पर्दैन । आजको साइत खराब भयो भनेर अभुश दिनको बयान पनि गरिरहनु पर्दैन । यस्तो लठेब्रोलाई कसले देला चेली भनेर आप्mनै सन्तानको नालीबेली कहनु पनि पर्दैन । लौ न लमी ज्यू मेरो यस गोज्याङ्ग्रेलाई एउटा जोडी खोजिदिनु प¥यो । न घर गरी खान्छ कि लौ न हजुर तपाईले कतै मिल्दो जोडी देख्नु भएको छैन ? लमीलाई फकाउने फुल्याउने काम पनि गर्नु पर्दैन ।

बत्तीस लक्षणयुक्त भएका चेली नभए पनि एकतीस लक्षणयुक्त छोरीको विवाह गर्न छोरी अनुसारको ज्वाईं खोजिरहनु भएको छ । यति दाइजो दिउँला, मागेको अन्य सर्त पनि पूरा गरिदिन्छु भनेर वाचा कबोल गर्दै नयाँ ठाउँमा कुटुम्ब जोड्ने तरखर गर्दागर्दै पनि हैरानीमा पर्नु भएको छ भने अब कुनै डर चिन्ता नलिनु होला किन भने अब नयाँ लमीको जन्म भइसकेको छ । तपाईंको मनमा उब्जिएका सबै समस्याको समाधान सजिलै गरिदिन सक्छ । तपाईंले कुनै पीर चिन्ता मान्नु पर्दैन । कोट लाउने कोही पनि आउँदैनन् । स्टकोट लाउनेसँग विवाह गर्दिन भनेर अर्मरिएर बुढीकन्या बस्ने छोरी चेली पनि नयाँ लमीको माध्यमबाट सजिलै पराई घरमा जाने मेलोमेसो मिलाई दिन सक्छन् ।

कुमारी कन्याको त के कुरा भयो र ! बाह्र छोरा तेह्र नाति भएका हजुरआमा, हजुरबुवा पनि भर्खर सोह्र पुगेर सत्र लागेको ठिटा ठिटी झैं फुरूङ्ग फुर्किएर नयाँ जरजम गरेको तपाईं हाम्रो सामु बाक्लै देखिन थालेको छ । सबैको हितकारक नयाँ लमी को होला मलाई पनि अति आवश्यक परेको छ भनेर खोजीमा हुनुहुन्छ भने सायद तपाईको पोल्टामा पनि त्यो नयाँ लमी आइसकेको हुनुपर्छ । त्यो हो सञ्चार प्रविधिसँग भित्रिएको आधुनिक साधन मोवाइल । वर्तमान अवस्थामा मोवाइलले लमीको काम कति गरेको छ तपाई सहजै अनुमान लगाउन सक्नुहुन्छ । एक जना हजुर बुवा नयाँ लमीको कारण मेरी गृहलक्ष्मी अर्मठिएको भुसतिघ्रे ठिटो च्यापेर शहर पस्यो । बुढेसकालमा आएर मेरो घरजम बर्वाद भयो । कम्तीमा पनि मेरो जायजेथा यानेकी जारी वापतको रकम उपलब्ध गराइदिई हदैसम्मको कानुनी कारवाही गरिदिनु भनि न्यायालय धाउन विवश छन् ।

नयाँ लमीको कारण मेरी अप्सरा जस्ती सुन्दरी र मुटुको धड्कनले कथित दलितसँग नारिएर दैलो नाघी भन्दै बाबु पीरले मरिच झै चारिएको पनि देखियो । ज्ञान आर्जनको खातिर ज्ञानालयमा पठाएका आप्mना छोराछोरी फलामको ढोका मानिने परीक्षा नै नदिई ज्ञानालयलाई प्रेमालयमा रूपान्तरण गरेर दुनियालाई गफ गर्ने विषय बनाएर गएको पनि तपाई हाम्रो सामु घाम जतिकै छर्लङ्ग छ । विद्यालयका गुरू गुरूआमाहरू पढाउन छाडेर कसरी नयाँ लमीको प्रयोग गर्ने भनेर सिकाउनमा नै व्यस्त हुन्छन् कि क्या हो भन्दै अभिभावकहरू क्रुद्ध हुन्छन् । माध्यमिक तहमा पढाउनु हुने गुरूलाई तपाई विद्यालयको प्रगति के छ भनेर सोध्दा नाम नबताउने सर्तमा भन्नु भयो “अरू त खासै प्रगति गर्न सकिएको छैन । नयाँ नया शिक्षण विधिको प्रयोग र शैक्षिक सामग्रीको प्रयोग गरे पनि उल्लेख्य रूपमा प्रगति गर्न सकिएन तर नयाँ लमीको कारण पाँच जोडी त जोडी बाँधेर गइसके अब पाँच सात जोडी जाने तरखरमा छन् ।

नयाँ लमीले सबैलाई सजिलो भन्दा सजिलो बनाइदिएको छ । सात गाउँ डुलेर दश जोर जुत्ता फटाउन्जेल पनि लमीको जिम्मेवारी पूरा गराउन नसकेर हैरान भएका लमीहरूले अब टेन्सन लिनु पर्दैन । अर्को कुरा लमीको आशामा बसेर जीवनको नयाँ अध्याय सुरू गरौँला भनेर बसेका नव यौवना युवतीहरूले पनि अव लमी आउने बाटो हेर्दा हेर्दै आँखा दुखाउनु पर्दैन । नयाँ लमीको प्रयोग गरेर घरमा बसी बसी आप्mनो जीवन साथी आफै छान्न सक्नुहुनेछ । वैवाहिक सम्बन्धमा गाँसिएर पनि छ महिनासम्म लाजसरम मानेर आप्mनो जीवन साथीसँग दिल खोलेर बोल्न पनि हिच्किचाउने लजालु स्वभाव भएकाहरूको लाज सरम पनि संविधान बनाउन नसक्ने नेताको झै सजिलै पच्न सक्छ ।

तपाई जीवनमा कति जनासँग वैवाहिक सम्बन्ध गाँस्न मन छ, त्यसको धोको सजिलैसँग पुर्याइ दिनेछ नयाँ लमीले । यसलाई सकेसम्म सदुपयोग गर्न भने जान्नुु पर्दछ । तपाईको गृहलक्ष्मीले टेन्सन दिएर आधा जिउ बनाएको छ भने एउटा नयाँ लमीको व्यवस्था गरिदिनुहोस् त तपाईको सबै टेन्सन साफ हुन्छ । नयाँ लमीको सदुपयोग गर्नुहुनेछ । तपाईं पनि नयाँ लमीको सदुपयोग गर्नुहोस् है । नयाँ वर्षको सुरूवातसँगै म त लागे नयाँ लमीको प्रयोग गरेर जीवनको नयाँ उमङ्ग भर्ने तर्खरमा । तपाई के विचार छ ? तपाई पनि नयाँ लमीको प्रयोगमा भएभरको बलबुता लगाएर लागि पर्नुहोस् है । तपाईले यसको सदुपयोग गर्नुहुनेछ भन्ने म सतप्रतिशत विश्वस्त छु । साथै तपाईका हितैषी नातागोता इष्टमित्रहरूलाई पनि यसको महत्व बुझाउनु हुनेछ भन्नेमा कुनै दुविधा छैन । नयाँ लमीको जय होस् ।
मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चोरहरु

चोरहरु

कृष्ण उफान
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x