साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन्ड वेश्याको वक्तव्य

Nepal Telecom ad

तिमी जैरीहरूको जस्तो
शरीर
मेरो अन्तिम सत्य होइन !
हरेक दिन खेल–तमासामा सरिक हुन्छु म
तर तिमीहरू जस्तो
होइन म खेलौना कसैको
हतकडी जस्तो आलिङ्गन
पिँजडा जस्तो प्रेम
झ्यालखाना जस्तो दाम्पत्य
बन्धन, साँघुरोपन र कैद
तिमीहरूका
हावा, अन्न र पानी हुन्
जीवन निर्वाहका लागि, थप–
तिमीहरू पतिदेवका लातहरू खान्छौ
तिमीहरू जस्तो
पिशाचका चरणमा
दासीझैँ घोप्टो परेर सहस्र नर्कमा जाकिने जातकी होइन म
नर्कै भए पनि
म यसकी साम्राज्ञी हुँ
र, उत्रिन्नँ कहिल्यै निसर्त नग्नतामा म
नियत र स्वार्थका हिसाबले
मेरा ग्राहकहरू
खुद्रा पतिहरू हुन्
तिमीहरूका पतिहरू
थोक ग्राहकहरू हुन्
त्यो जग्गे हो या काँडे तारबार ?
फासीको तख्ता हो या शुभ कार्यको मण्डप रु
पञ्चैबाजा किन निकालिरहेको हुन्छ
एकोहोरो शंखध्वनि ?
घोप्टे जुँगा भएको त्यो मान्छेको ओठमा दौडिरहेको हुन्छ
कालो न कालो मुस्कान
त्यो जल्लाद हो या अरू नै कोही ?
त्यो वरमाला हो या फूलहरू पहिरिएको डोरी ?
सिन्दूरको धर्को कोरेपछि उसका आँखा
किन बलात्कारीका जस्ता घातक देखिन्छन् ?
तिमीहरूलाई स्वास्नी, र
मलाई वेश्या बनाउने
सिस्टम एउटै हो
संसार एउटै हो
शास्त्रहरू उनै हुन्
जैरी हो,
हामी यसभन्दा धेरै लायक थियौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमीसँग के छ ?

तिमीसँग के छ ?

विनोदविक्रम केसी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x