सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तीर्थजात्रा

Nepal Telecom ad

“परलोकमा पुण्य मिल्छ वा ! जीवित छँदै सके चारधाम गर्नु, नसके पनि पशुपतिको दर्शन गर्नु । परोपकारी पण्डितको पुकारा हो यो । म मोरो मरन्च्याँसे इहलोकको सत्र अभागी, सत्र हलको मेलो पाखो जोतेर जेनेतेने जहान पाल्दै छु ।

ऊ बेलादेखि भाग्यको खोजीमा के गरिनँ र ? कहिले गाउँ छोडी भौतारिएँ त कैले नाउँ फेरि नानाभाँती गरेँ । तर यो अभागी खप्परले जता गयो उतै ठक्कर खायो । ढुङ्गे युगदेखि उत्तरआधुनिक युगसम्मका चक्कर चलाउँदा पनि अन्तमा हात लाग्यो, उही पखेरेकी पुतलीको साथ । “देखान्तले हुँदैन नानी, लेखान्त नै चाहिन्छ” भनेर लेखी दिदीले ललाईफकाई गरेपछि चित्त त बुझेको थिएन तर थामथुम पारेर बुझाएँ ।
बिहे गरेका बर्खदिन नपुग्दै छोरीले सन्तानको ढोका खोली । पुतली पनि हर्षले पुलकित भई । तर त्यसै दिन मतानघरका माइलाउ आएर हाम्रो मनको मूर्खता भङ्ग गर्दै भने– “छोरीको जहान र तोरीको सामल उस्तै हो बाबु । केको हर्कबढाइ हो यो ?” माइलाउले दिएको मननयोग्य ज्ञानलाई हामी दुवैले आत्मसम्मान ग¥यौँ । खाँट्टीको सन्तान त साँच्चिकै छोरो मात्र पो रहेछ । खाँट्टीकै सन्तान जन्माउने चक्करमा एक, दुई गर्दै खोजी यात्रा छैटौँँ स्टपसम्म सरासर गयो । एक दिन सुरवीर सरले सुटुक्क भने– “ए अगती मोरा ! छोरी पनि सन्तानै हुन् । यसरी सालिन्दा छोरी नै छोरीको हुल बनाएर कहिले उँभो लाग्नु ? भो अब बल नगर् । हुर्काउनु बढाउनु र पढाउनु पर्दैन ?” आफ्नो मन त बानी प¥या थामथुम पारेर मनाउँला । तर पुतलीकै लागि भए पनि सुरवीर सरको कुरो छापछुप पारियो र यात्रा निरन्तर जारी गरियो । साताँै पालि पुतली कुना पस्ने बेला भो । ऊ प्रसवबेथाले छट्पटाउन थाली । म भने यसपालि त छोराको मुख देख्न पाइन्छ कि भनेर फट्फटाउन थालेँ । छवटी छोरी मझेरी नै ढाकेर “भोका जुकाझैँ” उभिए । यस्सो हेरेँ अर्थशास्त्रीको रेखाचित्रझैं लाग्यो । कुनै होचा त कुनै अग्ला  क्रमै नमिल्याजस्ता । यस्तैयस्तै सोचेर टोलाइरहेको थिएँ । बच्चा च्याँर्र रोयो । लाग्यो– हे फसाद ! फेरि अर्को रेखाचित्र ठडिने भो नि, आघौँका पालिलाई ।

तर यो पाली त्यसो भएन । पिलन्धरे भए पनि छोरै भयो । खाँट्टी सन्तानको रहर पूरा भयो । परलोकमा पर्ने आपत्तिको डर गयो । तेह्र वर्षमा पुतलीका बाले पहिलोचोटि सुत्केरी खान छोरी बोलाए । मैले पनि उपियाँलोकको अन्त्य गर्दै एउटा पाठो कटाएँ । पहिलोचोटी खाँट्टी सन्तान जन्माउने मेरी प्यारी पुतलीलाई पेटभरि पाठाको मासु चखाएँ ।

छोरो छ बर्ख लाग्दा पुतली पुगी छपन्न । ऊभन्दा आठ बर्ख मात्र जेठो आफू त । उमेरकै भए पनि बिचरी पुतलीको बुढेसकाल लाग्यो । त्यसैले धर्मकर्म र तीर्थव्रत गर्ने बेला भयो । चारधाम गरौँ भने “खर्च न बर्च बाटैमा मर्छ” भैहाल्ला । न बाउबाजेको धन, न ससुरालीको मन । त्यसैले पशुपतिकै दर्शन गरेर, परलोकमा पुण्य कमाउन हामी जोईपोइ पिठ्युँमा पोको बोकेर छोरो घिच्याउँदै बाटो लाग्यौँ ।

बसपार्कमा पाइला टेक्नासाथ छोराले चाउचाउ खाने प्रस्ताव राख्यो । सन्तानको माग समयमै पूरा नगर्नु अरिङ्गालको गोलामा ढुङ्गा हान्नु” जस्तै हो । गाडीहरूको घ्यारघ्यार घुरघुर र प्याँप्याँ पुँपुँ प्रशस्तै थियो । गाडी चालकहरूको गाडी खाली, सिट खाली यता जाऊँ र उता जाऊँ तानातान थियो । कोही छोरो तान्ने कोही पोको तान्ने त कोही बुढी तान्ने । छोराको रूप उग्र राक्षसी हुँदै गयो । म शान्त पार्न पसलतिर पसेँ । हातमा चाउचाउ बोकेर च्यापिँदै आउँदा छोरो, पोको र पुतलीको पत्तो छैन । मलाई एउटा ठिटोले घिच्याउँदै लगरे गाडीमा कोच्यो । आँत्तिदै मैले भनेँ मेरी बुढी, उसले भन्यो अगि चढी, हामी जाने पशुपति आउनुस् आउनुस् भए जति… भन्दै इलामको पशुपतिनगर पु¥याएछ । लौ न हजुर ! मेरी साथ दिने श्रीमती र पार तार्ने पुत्र बेपत्ता छन् । मलाई साथ दिने कोही छ त ? म यहाँ अलपत्र छु । त्यसैले तपार्इंचाहिँ त्यो पापी बसपार्कको बाटो कहिल्यै नहिँड्नुस् है ? अहिल्यै भन्दयाछु मेरै जस्तो दुर्गति होला ।
हाल– काठमाडौ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
हेल्मेट जात्रा

हेल्मेट जात्रा

हरिकला उप्रेती