अशोककुमार शिवाज्योतिको गोलो बल वार्मिङ
यो ग्लोवल वार्मिङ मैले अहिलेसम्म बुझ्या रहेनछु । सबै ग्लोवल वार्मिङ्ग ग्लोवल वार्मिङ भन्नेगर्थे, वातावरण बिगार्यो, हावापानी बिगार्यो भन्थे । नभन्दै वातावरणको चालमाल हेर्दा केही त फरक परेकै हो कि जस्तो नि लाग्छ । पानी पर्ने सिजनमा पानी नपर्ने, सुख्खा हुने बेलामा सुख्खा नहुने, फूल फुल्ने बेलामा पात बल्ल झर्ने के के हो के के बुझिनसक्नु छ । हुन त यो गोलो वलले धेरैको निद हराम ग¥या छ । ब्रमाण्डको गोलो वलले नासाको निद हराम गर्या छ । त्यस्मा पनि वार्मिङले त झन सारो टेन्सनमा पार्या छ । १४ वर्षे युवक देखि ८२ वर्षे बुढोसम्म तात्या छन् । तात्या कारण मात्या छन् । बालिका, बृद्धा कोही छाड्या हैनन् जस्मा पनि जाइलाग्या छन् ।
यस्तो वार्मिङमा तेसै वार्मिङ्ग हुने खाडी क्षेत्रमा काम गरिरहेका नेपाली कामदार दाजुभाइहरूका सामुन्नेमा ज्योती मगरको गोलो वल वार्मिङले असर नगर्ने त कुरै भएन तत्काल असर गरिहालेछ ।
गायिका चाहिँ लोकगीतकी रे ! लवाई र उफ्राई चाहिँ डिस्को, पप अनि ¥यापको जस्तो हैन गीत अनुसारको पो मोडलिङ सुहाउँछ त जथाभावी वार्मिङ बडाएर चार्मिङ आउँछ र ? डिस्को भए ड्रेस जता खिस्कोस् नो मत्लव भन्ने, पप भए लुगा ड्रप गरे नि पप त हो भन्ने, र्याप भए झ्याप होली भन्ने लोकगीतमा यस्तो तमासा गर्ने हो ? त्यसै त गर्मीले के गरुम् र कसो गरुम् भएका विचराहरूको सामुन्नेमा गोलो वलले वार्मिङ बढाएपछि ताप कति रहेछ भनेर ननापेरनछामे के धुप बालेर घण्टी हल्लाउन् त बबुराहरूले भन्या ।
यत्ति त सबैले बुझने कुरै हो नि कि हैन हौ ? यस्ती गायिकाले हाम्रो राष्ट्रिय गीत गाउने अवसर पाइन् भने कसरी गाउँथिन् होला हौ ? राष्ट्रिय गीतमा सार्वभौमको कुरा छ, अखण्डताको कुरा छ, स्वतन्त्रताको कुरा छ अनि एकताको सूत्र छ । तौवा तौवा । ज्योतीले त बरु “मेरे फोटोको सिने से यार चिपकाले सैयाँ फेविकोल से, मै तो कव से हुँ रेडि तैयार पटाले मुझे मिसकोल से” भन्ने गीत गाउनु पर्ने कि कसो त ? यत्ति सारो त कोमल वलीले पोइल जान पाम पाम् पाम् भन्दा नि ग¥या थिइनन् । सुन्दैछु जवान ठिटो पाइन् रे । ज्योतीको त बुढो छ क्यार ? कि छैन र हो ? राम्रोको विज्ञापन गर्नै पर्दैन । नराम्रोको नट बल्ट सबै देखाएर धरहरामा टाङ्दा पनि चल्दैन ।
गल्कोपाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































