साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्योतिको गोलो बल वार्मिङ

Nepal Telecom ad

यो ग्लोवल वार्मिङ मैले अहिलेसम्म बुझ्या रहेनछु । सबै ग्लोवल वार्मिङ्ग ग्लोवल वार्मिङ भन्नेगर्थे, वातावरण बिगार्यो, हावापानी बिगार्यो भन्थे । नभन्दै वातावरणको चालमाल हेर्दा केही त फरक परेकै हो कि जस्तो नि लाग्छ । पानी पर्ने सिजनमा पानी नपर्ने, सुख्खा हुने बेलामा सुख्खा नहुने, फूल फुल्ने बेलामा पात बल्ल झर्ने के के हो के के बुझिनसक्नु छ । हुन त यो गोलो वलले धेरैको निद हराम ग¥या छ । ब्रमाण्डको गोलो वलले नासाको निद हराम गर्या छ । त्यस्मा पनि वार्मिङले त झन सारो टेन्सनमा पार्या छ । १४ वर्षे युवक देखि ८२ वर्षे बुढोसम्म तात्या छन् । तात्या कारण मात्या छन् । बालिका, बृद्धा कोही छाड्या हैनन् जस्मा पनि जाइलाग्या छन् ।

यस्तो वार्मिङमा तेसै वार्मिङ्ग हुने खाडी क्षेत्रमा काम गरिरहेका नेपाली कामदार दाजुभाइहरूका सामुन्नेमा ज्योती मगरको गोलो वल वार्मिङले असर नगर्ने त कुरै भएन तत्काल असर गरिहालेछ ।

गायिका चाहिँ लोकगीतकी रे ! लवाई र उफ्राई चाहिँ डिस्को, पप अनि ¥यापको जस्तो हैन गीत अनुसारको पो मोडलिङ सुहाउँछ त जथाभावी वार्मिङ बडाएर चार्मिङ आउँछ र ? डिस्को भए ड्रेस जता खिस्कोस् नो मत्लव भन्ने, पप भए लुगा ड्रप गरे नि पप त हो भन्ने, र्याप भए झ्याप होली भन्ने लोकगीतमा यस्तो तमासा गर्ने हो ? त्यसै त गर्मीले के गरुम् र कसो गरुम् भएका विचराहरूको सामुन्नेमा गोलो वलले वार्मिङ बढाएपछि ताप कति रहेछ भनेर ननापेरनछामे के धुप बालेर घण्टी हल्लाउन् त बबुराहरूले भन्या ।

यत्ति त सबैले बुझने कुरै हो नि कि हैन हौ ? यस्ती गायिकाले हाम्रो राष्ट्रिय गीत गाउने अवसर पाइन् भने कसरी गाउँथिन् होला हौ ? राष्ट्रिय गीतमा सार्वभौमको कुरा छ, अखण्डताको कुरा छ, स्वतन्त्रताको कुरा छ अनि एकताको सूत्र छ । तौवा तौवा । ज्योतीले त बरु “मेरे फोटोको सिने से यार चिपकाले सैयाँ फेविकोल से, मै तो कव से हुँ रेडि तैयार पटाले मुझे मिसकोल से” भन्ने गीत गाउनु पर्ने कि कसो त ? यत्ति सारो त कोमल वलीले पोइल जान पाम पाम् पाम् भन्दा नि ग¥या थिइनन् । सुन्दैछु जवान ठिटो पाइन् रे । ज्योतीको त बुढो छ क्यार ? कि छैन र हो ? राम्रोको विज्ञापन गर्नै पर्दैन । नराम्रोको नट बल्ट सबै देखाएर धरहरामा टाङ्दा पनि चल्दैन ।
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x